
नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीका नेता तथा भारतीय तल्लो सदनका सांसद राहुल गान्धीलाई भारतको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ।
भारतीय कांग्रेस पार्टीका नेता गान्धीलाई गुजराजस्थित सुरतको तल्लो अदालतले पाँच वर्षअघि सन २०१९मा चुनावी सभामा बोलेको विषयलाई दोषी ठहर गर्दै जेल सजायको आदेश दिएको हो।
यद्यपी अदालतले फैसला सुनाएपछि उनलाई जमानत दिएको छ। भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ।
सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ।
मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए। राहुल गान्धीले बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ?’ भारतीय राजनीतिक घरना गान्धी परिवारका शक्तिशाली मानिने राहुल भारतीय प्रधानमन्त्री स्वर्गीय राजिप गान्धीका जेष्ठ पुत्र हुन्।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...