काठमाडौं महानगरले १० वर्षको लागि भाडामा लियो काठमाडौं प्लाजा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौं महानगरले १० वर्षको लागि भाडामा लियो काठमाडौं प्लाजा

काठमाडौं । नेपाल ट्रस्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकाले १० वर्षका लागि भाडामा लिएको छ। महानगरको मुख्य कार्यालय सुन्धारास्थित बागदरबार, छेउकै एक घर भाडामा र टेकु लगायतका स्थानबाट संचालन गर्दै सेवा प्रवाह गद्र्रै आएको छ।

ट्रस्ट र महानगरपालिकाबीच यससम्बन्धी सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएपछि महानगरका मुख्य कार्यलय, विभाग र शाखाहरु काठमाडौं प्लाजाबाटै सञ्चालित हुने भएका छन्। ट्रस्टका सहसचिव विष्णुराज ढकाल र महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

मासिक ६० लाख ५० हजार भाडा दिने गरी सम्झौता भएको नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यले बताए। सम्झौता ९ चैतदेखि लागू हुनेछ । पाँच वर्षपछि भाडा १० प्रतिशत वृद्धि हुने सम्झौतापत्रमा उल्लेख छ।

आफ्ना कार्यालय विभिन्न ठाउँमा हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै महानगरले एकीकृत सेवाका लागि प्लाजा भाडामा लिएको हो । महानगरले उक्त भवन सबलिजमा भने दिन पाउनेछैन ।

प्रशासनिक कार्यका लागि मात्र भवन लिजमा दिने निर्णय भएको सचिव वैद्यले बताए । दुई साताअघि बसेको ट्रस्टको सञ्चालक समितिको बैठकले यससम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । काठमाडौं महानगरपालिकालाई उक्त भवन दिने गरी असार ०७७ सालको जेठमा नै सहमति भई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो।

यसविरुद्ध व्यवसायीहरूले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि पक्रिया रोकिएको थियो । गत २६ माघमा सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरलाल श्रेष्ठ र कुमार रेग्मीको इजलासले यससम्बन्धी दुई रिट खारेज गरिदिएपछि लिजमा लिने सम्झौता भएको हो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ चैत्र ९, १५: ४६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ चैत्र ९, १५: ४६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र ९, १५: ४६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...