‘प्रधानमन्त्रीज्यू! म साँच्चिकै डराएको छु, नागरिकलाई नतर्साउनुस् – गगन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

‘प्रधानमन्त्रीज्यू! म साँच्चिकै डराएको छु, नागरिकलाई नतर्साउनुस् – गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकलाई राज्यले तर्साउने गरेको भन्दै यस्तो क्रियाकलापबाट आफू साँच्चिकै डराएको बताएका छन्।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को विहीबारबाट शुरु राष्ट्रिय सम्मेलनमा महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीज्यू, म साँच्चिकै डराएको छु, सरकारको क्रियाकलापबाट, नागरिकलाई यसरी नतर्साउनुस्।’ केही दिनअघि प्रधानमन्त्री उपस्थित कार्यक्रममा बिरोध जनाउने क्रममा केही युवालाई प्रहरीले मुख थुनेर दुर्व्यहार गरेको थियो।

प्रधानमन्त्रीसमेत सहभागी सो कार्यक्रममा उनले आफूसमेत डराएको बताउँदै नागरिकलाई नतर्साउन भनेका हुन्। आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट प्रधानमन्त्री प्रचण्डलाई नरहेको भन्दै उनले देश विकासका लागि कसरी अघि बढ्ने त्यतातर्फ ध्यान दिन सुझाव दिए।

 

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र ९, १६: ००

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र ९, १६: ००

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र ९, १६: ००

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...