काठमाडौँ। रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवम् समाचार वाचिका, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराती निधन भएको छ।
उपचारका क्रममा गएराती ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ। २०१८ सालमा रेडियो नेपालमा सेवा प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन्।
रेडियो नेपालमा सर्बप्रथम हिन्दी भाषामा समाचार बाचन गर्ने ताम्राकारले हिन्दीका अतिरिक्त मैथिली, नेपाली र नेपाल भाषा (नेवारी)मा समेत समाचार बाचन गर्दथिइन्। उनी नेपालकी प्रथम महिला रेडियो समाचारवाचिका पनि हुन्। उनको भोलि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...