नेपालको जनसंख्या बढेर २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो – Naya Bikalpa
April 20, 2024, Saturday

नेपालको जनसंख्या बढेर २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो

 

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। राष्ट्रिय जनगणना २०७८ को नतिजा आज (शुक्रबार) सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्।

सार्वजनिक भएको पूर्ण विवरण अनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्याङ्क विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कूल जनसङ्ख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कूल जनसङ्ख्याको ०.०१ प्रतिशत हो ।

जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (९१.६७ प्रतिशत) रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा मोबाइल एपबाट पनि हेर्न सकिने छ ।

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
  • २०७९ चैत्र १०, १२: ५७

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै खुला...

यी प्रदेशमा वर्षा र हिमपात हुने
यी प्रदेशमा वर्षा र हिमपात हुने
  • २०७९ चैत्र १०, १२: ५७

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

विश्वासको मत लिनै गठबन्धनलाई सकस
विश्वासको मत लिनै गठबन्धनलाई सकस
  • २०७९ चैत्र १०, १२: ५७

पोखरा । विश्वासको मत पाएको घोषणा गराउने मुख्यमन्त्री खगराज अधिकारीको प्रयास असफल भएको छ । असफल भएलगतै १० वैशाखमा अदालतले...