दवाडी कुलको २देखि १२ बर्षे पूजा – Naya Bikalpa
April 18, 2024, Thursday

दवाडी कुलको २देखि १२ बर्षे पूजा

बशिष्ठ गोत्रीय कुलायन पूजा लमजुङ बिचौर संस्मरण दवाडी बंशवाली अध्ययन र पूजाको स्थलगत अध्ययनको लागि २०७९फागुन २८ गते बिचौर निबासी अवकासप्राप्त प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको निमन्त्रणामा पुरानो नैकापका भाई रमेशनाथ दवाडी, भक्तपुर वालकोट निबासी सुबोध दवाडीका साथ म सार्बजनिक बसबाट बिचोर प्रस्थान गर्याै ।

काठमाडौंबाट बिचौर करिव ८३ किलोमिटर मात्र रहे पनि लमजुङ जिल्लाको सदरमुकाम बेंसीसहरबाट उत्तर–पूर्ब चेपे नदीको उत्तर पश्चिमतर्फ अवस्थित दुर्गम गाउँ हो । पृथ्वी राजमार्गको डुम्रेबाट तुरतुरे, सातबिसे, बोराङ खोला, चिल्ली खोला, कुयाले, लाङ्दी खोलाबाट सालघाट हुँदै बिचौर जाने सडक बाटो रहेता पनि अझै २०–२२किलो मिटर कच्ची र धुले जेन तेन बस गुडने बाटोले केही सुगम जस्तो रहेता पनि बर्षामा आवागमन सहज छैन रहेछ।

नियमित यातायात साधन उपलब्ध नहुने हुँदा यहाँ दैनिक एउटा बस चल्ने रहेछ, जसका कारण यहाँको जन जीवन कष्टकर नै पाइयो। युवाहरु कामको खोजीमा बाहिरिको, बिपन्न र जेष्ठ नागरिकहरु भने गाउमै सहाराबिहिन जीवन बिताउन बाध्य रहेको पाईयो।

खेतीपाती गर्ने जमिनको आवादी घटदै गएर बिदेश बसाईँका कारणले जग्गा जमिनले वारेस समेत गुमाउनु पर्ने कहाली लाग्दो अवस्थाको चिन्तन बिचौरबासीबाट पाइयो।

हामीलाई बिचौरमा निमन्त्रणा गर्ने हिमनाथ दवाडीकाअनुसार बशिष्ट गोत्रिय दवाडीहरुको झण्डै २५ पुस्ता अगाडिको प्रमुख बसोबासी थलो दैलेखको दवजाडा हो। त्यहीँबाट कास्कीको घाचोक– लाहाचोक हुँदै बसाईं सर्दै बिचौर आएर बसोबास गरेका हुन्। पछि बिचौरबाट गोर्खाको झ्याँवामा पनि बस्ती बस्दै, काठमाडौं लगायत पू्र्ब र दक्षिण तर्फ दवाडीहरुको बस्ती छरिदै गरेको प्रमाणहरु पाइएका छन्।

यसको अध्ययन अनुसन्धान बंश अध्ययन प्रतिष्ठानले गर्दै आएको यथार्थ कुलपूजा विशेष कार्यक्रममा थाहा पाइयो। यस बिषयमा अझै अनुसन्धानका कामहरु बाँकी रहेकोले सबै बन्धुहरु लागेर आफ्नो बंशका यथार्थ पत्ता लगाउनु पर्ने समेत उनले प्रष्ट्याए।

बिषेश कार्यक्रममा ८० बर्ष नागेका जेष्ठ बन्धुहरुको सम्मान गरिएको थियो भने प्रमुख अतिथि लमजुङका प्रमुख जिल्ला अधिकारी लगायतका अतिथिहरु र हामी समेतलाई मायाँको चिनो दिइएको थियो।

बिचौरमा कूल पुजा १२ बर्षमा विशेष साइत जुराएर गरिने रहेछ यसबर्ष कुलायन पूजा समिति गठन गरि व्यवस्थित रुपले सञ्चालन गर्न कुलायन मन्दिर बनाईएको रहेछ। मन्दिर बनाउनका लागि ओमप्रकाश, लिलाधर र नन्दलाल दवाडीले जग्गा उपलब्ध गराएका रहेछन्।

सबै बन्धुहरु मिलेर मन्दिर बनाएको दाताको बिबरण सार्कजनिक गरिएको थियो । भावी कार्यक्रम र निर्माणका लागि रकम समेत जम्मा गरिएको छ र अब १२ बर्षको नकुरेर ६÷६ बर्षमा कुलायन पूजा गर्ने निर्णय गरिएको छ।

यहाँ कुलायन पुजाका लागि बाजा–गाजासहित डोका डालोमा पूजासामान पकवान प्रसादी बोकेका महिला पाउनापाछा सहित बन्धुहरु घर–घरबाट पङ्तिबद्ध लावा लस्कर, बलीका लागि घरबाट पूजागरी पर्सेका बोका डोर्याउँदै महोत्सबको रुपमा निस्कने चलन रहेछ। पहिले निस्केको लाममा अर्काे खलक त्यस्तै तामझामले निस्केर मिसिने अर्काे खलक थपिदै जाने प्रचलन देखियो।

कुलायन पूजा विधिः
जेठो बुढो र धामी अघि लगाएर चमर, पंखा, शंख, घण्ट, कुलदेवता लिएर कुलायन पूजाथानमा जाने प्रचलन रहेछ। कुलदेबता स्थनमा पुगेपछि मुख्य पुरोहित भट्टराई थरका र अन्य दुईजना सहयोगीका साथ भक्तपुर बालकोट निबासी बन्धु सुबोध दवाडीले मन्त्रोच्चारण गर्दै पूजा आरम्भ गरे। सम्पूर्ण पूजा सुबोधकै नेतृत्वमा भयो।

पूजाको विधि बिधानमा आचम्य,आशन सिद्धि र्मपात्र निर्माण, अर्घस्थापना , दियो, कलश र गणेश पूजा वैदिक विधिअनुसार गरियो। पितृ पूजा पुरुष सुक्त पढेर गरिएको थियो। शुरुमा भाञ्जा दाह्रे मष्टको बिधि बिधानले पूजा भयो। त्यसपछि भाञ्जी भवानी विन्ध्यवासिनीको पूजा, देवी अथर्व शीर्ष पढेर गरीयो।

भाञ्जी पूजापछि नारायण सूक्त पढेर विष्णु पूजा भयो। पूजा पश्चात मामालाई छोपेर बोकाको बली दिइयो। १२ बर्षमा आयोजित यस पूजामा सय भन्दा धेरै बली चडाइएको थियो। घर–घरको, बिबाहको र जेष्ठ सन्तान जन्मेका घरबाट वली दिने चलन रहेछ। बलीको बोकाहरु घरबाटनै पूजा गरि पर्साएर लगिने रहेछ।

अग्निस्थापना गरी हबन कार्य संपन्न भयो। बली दिएको हुनाले मांसाहुती दिइयो र मेधा गर्दा टाउकाको भाग राखेर आहुती अर्पण भयो। आहुतीपछि उत्तरांग पूजा गरेर आरती अर्पण भयो। पुष्पाञ्जली गरेर पूजा बिसर्जन भयो। मूख्य कुलायन गोप्य मनी स्थापना गरिएको थियो । बंश बोका अरुलाई मन्दिर भित्र मनाही थियो। हबन र बाह्य पुजनमा इच्छुक सबैले चरु आहुती पुस्पानञ्जली अर्पण गरेका थिए।

बिचौरका दवाडी बन्धुहरुले सिमजुङमा जस्तो एउटै पूजा आयोजन गर्न सकेको देखिएन । बिचौरमा तीन ठाउँमा कूलायन पुजाको ब्यबस्था रहेछ। एकैदिन तीनठाऊँको पूजा अवलोकन गर्दा एकठाउँको पनि राम्रो अवलोकन र बुझाई नहुने हुँदा मध्य बिचौरको पूजामा मात्र हामी सहभागी भयौं।

बिचौरका स्थानीय जेष्ठ नागरिकहरुसँग बुझ्दा कुलायन पूजा बारे राम्रोज्ञान नहुनु, पू्जाको तौर तरीकामा बिबाद हुनु, बली दिने कुरामा खानपानलाई कुलायनमा जोडेर देवाली पूजा टुक्रिएको हो। ब्यक्तिगत स्वार्थ र ब्यक्तिगत अहंताले पनि कुलायन पूजा टुक्रिएको हो।

खास कुरा मष्ट पूजामा वली दिने परम्परा नकार्न सकिँदैन। तर, साकाहारीहरुले बली नकार्दै पूजा अलग्याएका हुन भन्ने तर्क र अनुभव पनि छ।

जेहोस कुलायन पुजाको प्रतिनिधिमुलक संस्था बनाएर एउटा निश्चित बिधि र परम्परा बनाएर जहाँ जुन ठाउँमा बसे पनि कुलायन एकै प्रकार र एकै पद्धतिमा गरेमा राम्रो हुने र सबै मिलेर बंशाबली तयार भएमा यो पनि एउटा ईतिहास बन्ने धेरैको राय पाइयो।

कुलका युबाहरुको राय बंशाबली पुजाबिधिको साथै देशभरका दवाडी बन्धु एकजुट भएर विशेष क्षमता भएका बन्धुहरु, आर्थिक र सामाजिक कारणले पिछडिएकाका लागि सहगोग गरेर बन्धुहरुको जीवन उकास्न सकिने खालको संगठन निर्माण गर्ने राय पनि ब्यक्त गरे।

यो कुलायनले बंश उत्थानमा सहयोग पुग्ने आशा राख्न सकिन्छ। तर, यसमा चासो दिईआएका बन्धुहरुको कृयाशीलतामा भरपर्ने हँुदा यसलाई राजधानीमा रहेका विशेष ब्यक्तित्वबाट बैठक थगरेर अगाडि बढने सहमति भएको छ। यसको नेतृत्व हिमनाथ दवाडीले गर्नु हुने सहमति भएको छ।

यो १२ बर्षमा हुने कुलायन पूजामा हामीलाई निमन्त्रणा गरेर आफुले असहज अवस्था बेहोरी हामीलाई सहज आतिथ्यता प्रदान गर्ने पूर्बप्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी र उहाँकी धर्मपत्नी र परिवारका अन्य सदस्यमा आभारसहित धन्यबाद ज्ञापन गर्दछु। उच्च ओहोदामा पुगेका ब्यक्तिबाट आफ्नै हातले भान्छा ब्यवस्थाका साथै बसोबासी आतिथ्य र बन्धुप्रेम हाम्रो प्रेरणाको स्रोत भएको छ। यसले हमीलाई बन्धुत्वको सामिप्यता र स्नेहको भावना जाग्रित गराएको छ।

सम्बन्धित समाचार

मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
  • २०७९ चैत्र १०, १७: १४

  कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेशका पाँचजना प्रदेश सभा सदस्यहरुले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
  • २०७९ चैत्र १०, १७: १४

कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्। सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक...

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
  • २०७९ चैत्र १०, १७: १४

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले...