मिटरव्याजी पीडितलाई खुल्लामञ्च प्रवेशमा रोक लगायो काठमाडौं महानगरले (तस्वीरसहित) – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
निमुखा र निम्नबर्गप्रति किन निर्दयी बन्दैछन् बालेन?

मिटरव्याजी पीडितलाई खुल्लामञ्च प्रवेशमा रोक लगायो काठमाडौं महानगरले (तस्वीरसहित)

काठमाडौं । महोत्तरीको बर्दिबासबाट हिँडेर हेटौंडा हुँदै काठमाडौं आइपुगेका मिटरब्याजी पीडितलाई काठमाडौंको खुल्लामञ्च प्रवेशमा काठमाडौं महानगरले रोक लगाएको छ।

सोमबार दिउँसो राजधानी आईपुगेका मिटरव्याजी पीडितहरु चैत २ गते बर्दिबासबाट पैदल हिँडेरै काठमाडौं आइपुगेका हुन्। काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरेर निमुखा वर्गप्रति हेपाहा प्रबृत्ति देखायो।

स्वतन्त्र उम्मेदवार बनेर एक वर्षअघि महानगरको मेयर भएका बालेन्द्र शाहको निम्नवर्ग, निमुखा र पीडिप्रतिको निर्दयी व्यवहारको यतिवेला सर्बत्र आलोचना हुन थालेको छ। सोमबार उनै मेयर शाहले मिटरब्याजी पीडितलाई महानगर प्रहरी लगाएर असहिष्णु व्यवहार समेत देखाए।

खुल्लामञ्च प्रवेश गर्न लागेका पीडितलाई महानगर प्रहरीले रोकपछि केही बेर पीडित र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो। महानगरले मिटरव्याजी पीडितहरु आउनुअघि नै खुलामञ्चमा ताला लगाएको थियो।

‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर पीडितहरु प्रदर्शनमा उत्रिएका थिए। आफूहरुलाई खुल्लामञ्च प्रवेशमा रोक लगाएपछि मिटरब्याज पीडितले मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका थिए।

खुला मञ्चमा बिरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाई नभएको मिटरब्याज पीडितहरुले बताएका छन्। खुलामञ्च प्रवेश गर्न नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको सडकमै बसेका छन्।

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले घरखेत लुटिएर न्याय माग्न आउँदा पनि खुल्लामञ्चमा बस्न नदिएको गुनासो गरे। काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने खुलामञ्चमा बस्ने विषयमा आफूहरुसँग सल्लाह नभएको र अनुमति नमागिएको दाबी गरे।

राजधानीको सडकको कुनामा मकै पोल्ने, जुत्ता पालिस गर्नेदेखि लिएर ह्वीलचियरमा माक्स बेच्नेलाई समेत काठमाडौं महानगरले सामान जफत गर्ने र नियन्त्रणमा लिएर छाड्ने गरेको छ। महानगरको मेयर भएपछि शाहले सुकुम्वासीको छानबिन र अध्ययन नगरी डोजर लगाउने र घर भत्काउने तथा सार्वजनिक सडक कहीँ पनि पार्किक गर्न नपाउने नियम बनाएपछि नगरवासी निम्नवर्ग प्रताडित बनेका छन्।

मेयर शाहको सोमबारको क्रियाकलाप पनि पीडितको पक्षमा भन्दा बिरोधमा र उनीहरुको दुःख एवम् कष्टमा निर्दयी भएर प्रस्तुत भएका छन्। सोमबार मात्रै मेयर वालेनबिरुद्ध काठमाडौका सुकुम्वासीहरुले नयाँवानेश्वरदेखि माईतिघरसम्म प्रदर्शन गरेर नेपालीको बसोबास गर्न पाउने संवैधानिक हक खोसेको भन्दै विरोध जनाएका थिए ।

हेर्नुस तस्वीरहरु 

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ चैत्र १३, १८: ०६

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र १३, १८: ०६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र १३, १८: ०६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...