प्रदेश नामाकरणबिरुद्धको आन्दोलनमा प्रदर्शनकारी र प्रहरीबीच झडप, २० बढी घाइते – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रदेश नामाकरणबिरुद्धको आन्दोलनमा प्रदर्शनकारी र प्रहरीबीच झडप, २० बढी घाइते

विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप हुँदा २० भन्दा बढी घाइते भएका छन्।

विराटनगरको रोडशेष चोकमा मंगलबार दिउँसो दुई पक्षबीच भएको झडपमा प्रहरी र आन्दोलनकारीतर्फ २० भन्दा बढी घाइते भएका हुन्। प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ र ४४ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ।

पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरु विराटनगरको होटल बिगमा आयोजित एक कार्यक्रममा प्रदेशसभा सदस्यहरु सहभागी हुने जानकारी पाएपछि घेर्नका लागि त्यहाँ पुगेका थिए।

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी कार्यशालामा सांसदहरु सहभागी हुने कार्यक्रम थियो। पहिचानका आधारमा नाम राख्न दबाव दिन भन्दै आएका आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो। सो क्रममा दुई पक्षबीच झडप भएको हो।

झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १५ जना घाइते भएका छन् । आन्दोलनरत पक्षका ९ जना घाइते भएका थिए। डीएसपी विजय श्रेष्ठसहित १५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए।

आन्दोलनरत पक्षका शिव आङ्देम्बे, उदय नेम्वाङ, ज्ञानप्रसाद राई एन के दर्नाललगायत ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको स्थानीय पारस अस्पतालमा उपचार भइरहेको छ।

झडपका कारण एक घण्टा विराटनगरको बसपार्कको दक्षिणदेखि रोडेशष चोकसम्मको अवस्था तनावग्रस्त बनेको थियो। स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले २० राउण्ड हवाई फायर, १७ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो भने सशस्त्र प्रहरी बलले ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो।

आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। झडपपछि कोण सभा गर्दै आन्दोलनकारी फर्किएका छन्। आन्दोलनकारी फर्किएपछि अवस्था सामान्य बनेको छ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेको नाम कोशी प्रदेश राखेको थियो। पहिचान पक्षधरले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति गठन गरेर पहिचानका आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकै क्रममा चैत ५ मा घाइते भएका पदम लिम्बुको चैत १० गते मृत्यु भएपछि आन्दोलन चर्कदै गएको छ।
।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलका अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन्। आन्दोलनकारीतर्फ अशोक राई, सरोज लिम्बु, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बु, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बु घाईते भएका छन्।

युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो। त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसदहरूलाई निमन्त्रणा गरिएको थियो।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र १४, १६: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र १४, १६: ५७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र १४, १६: ५७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...