आईजीपी भएको चार दिनमै चार एआईजीको बढुवा र चारको जिम्मेवारी तोके कुँवरले – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

आईजीपी भएको चार दिनमै चार एआईजीको बढुवा र चारको जिम्मेवारी तोके कुँवरले

काठमाडौं । प्रहारी महानिरिक्षकको जिम्मेवारी सम्हालेको चार दिन भित्रै बसन्तबहादुर कुँवरले आफ्ना सहकर्मी एकै व्याचका चार जना प्रहरी नायव महानिरिक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा गृहमन्त्रीसहित अन्य मन्त्री तोकिने संघारमा उनले राजनीतिक हस्तक्षेपबाट बच्न समयमै निर्णय गरेर बरिष्ठताकै आधारमा एआईजी बनाउन ृगृह मन्त्रालयको सोमबार बैठक गरी सिफारिस भएको थियो। ।

बढुवा समितिको सिफारिस भएकाहरुलाई बढुवाको निर्णय वाँकी छ। महानरिक्षक कुँवरको सिफारिसमा बुधबार मात्रै मन्त्रिपरिषद्ले चार एआईजीपीलाई पदस्थापन गर्ने निर्णय गरेको छ। जसअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मा श्यामलाल ज्ञवालीले पाएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा किरण बज्राचार्यले जिम्मा पाएकी छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा एआईजीपी दीपक थापाको पदस्थापन भएको छ। अन्य विभागमा बढुवापछि नयाँ एआईजीहरुले जिम्मा पाउने भएका छन्। प्रहरीको कार्य विभाग, मानव स्रोत विभाग, अपराध अनुसन्धान विभाग र प्रदेश समन्वय विभागको नेतृत्व भने अझै तोकिएको छैन् ।

दुई दिन अघि गृह मन्त्रालयले बढुवाका लागि सिफारिस भएका सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङको बढुवाको निर्णय भए लगत्तै जिम्मेवारी तोकिने सम्भावना छ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र १५, १७: २७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र १५, १७: २७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ चैत्र १५, १७: २७

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...