
काठमाडौं । आगामी वैशाख १० गते बारा –२, चितवन –२ र तनहुँ –१ मा प्रतिनिधि सभा सदस्यको लागि हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले तीन जिल्लाका पार्टी कार्यकर्तामाथि गरेको कारबाही फुकुवा गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार पार्टी मुख्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीको कार्यसम्पादन समितिको सो बैठकको निर्णयसँगै निवर्तमान केन्द्रिय सदस्य दिनेश कोइराला, पार्टीका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी, कांग्रेसको चितवन जिल्ला सभापति विकास कोइराला लगायतमाथि गरेको कारबाही फुकुवा हुने भएको छ।
पूर्वसांसद जगन्नाथ पौडेल भने स्थानीय तहको निर्वाचनमा पार्टीले समर्थन गरेको भरतपुर महानगरपालिकाको लागि माओबादी केन्द्रले उम्मेदवार बनाएकी रेनु दाहालबिरुद्ध उम्मेदवारी दिएका थिए।
पार्टीको सो निर्णयपछि पौडेल लगायत उम्मेदवारी दिने तथा वागी र विद्रोही उम्मेदवारको प्रस्तावक र समर्थक बसेका आधारमा कारबाहीमा परेका पार्टी नेताले आफूले गरेको गल्तीप्रति आत्मालोचित भएमा क्रियाशिल सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गरेको छ।
पार्टी विधानको धारा ७१ बमोजिमको व्यवस्थालाई निलम्वन गर्ने निर्णय गरेको र सो निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनबाट अनुमोदन गराइने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
पार्टीका स्थानीय नेता तथा पार्टी सदस्यले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा आ–आफ्नो जिल्ला÷निर्वाचन क्षेत्रका पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजय बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहेमा त्यस्ता व्यक्तिको भूमिका र जिम्मेवारीका सम्वन्धमा भने आगामी बैठकबाट निर्णय गरिने बताइएको छ।
कांग्रेसले बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा जनता समाजबादी पार्टी (जसपा) नेपालको तर्फबाट उम्मेदवार हुने उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यालय संचालन निर्देशिका, २०७९ र नेपाली कांग्रेस केन्द्रीय कार्यालय कर्मचारी विनियमावली परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ।
कांग्रेर्सका तर्फबाट उपसभापति श्री पूर्णबहादुर खड्काको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सरकारमा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र शहरी विकास मन्त्री सीता गुरुङलाई पार्टी बैठकले हार्दिक बधाइ ज्ञापन गर्दै प्रभावकारी सफलताको कामना गरेको छ।
आइतबारको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, सहमहामन्त्री महेन्द्र यादव, सदस्यहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीपछिरिङ लामा र विशेष आमन्त्रित रमेश लेखकले धारणा राखेका थिए।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...