ब्युरोक्रेसी सुध्रेन भने हामी संसारकै असफल राष्ट्र हुने छौं – कांग्रेस सांसद पौडेल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ब्युरोक्रेसी सुध्रेन भने हामी संसारकै असफल राष्ट्र हुने छौं – कांग्रेस सांसद पौडेल

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले सरकार र स्थायी सरकार भनिने कर्मचारीतन्त्रले जनताको चाहना र भावना अनुसार काम नगरे नेपाल संसारकै असफल राष्ट्र बन्न सक्ने चेतावनी दिएका छन्।

नेपाली कांग्रेसका मुख्य सचिव समेत रहेका राष्ट्रिय सभा सदस्य पौडेलले मंगलबार सदनमा विशेष समयमा भने ‘नेताहरु मात्रै सुध्रेर पुग्दैन, देशको व्यरोक्रेसी पनि सुध्रनु पर्छ। ‘आम चुनावमा गरेका बाचा अनुसार हामीले काम गर्न सकेका छैनौं। यसलाई बुझेर हामीले आफूलाई परिवर्तन गर्न जरुरी छ।’

सांसद पौडेलले राजनीतिक दलका नेता मात्रै सुध्रेर नहुने भन्दै कर्मचारीतन्त्र सुधार्नु पर्ने खाँचो औंल्याए। ‘सिंहदरवारको एउटा बिल्डिङबाट अर्को बिल्डिङमा फाइल सार्न दुई÷चार महिना लाग्ने अवस्था छ’ उनले भने, ‘यसरी हामी संसारकै असफल राष्ट्र हुन खोजेका हौं त?’

उनले प्रजातन्त्र जीवन पद्धति भएकाले हाम्रो संस्कार र संस्कृतलाई परिवर्तन गरिनुपर्ने भन्दै ब्युरोक्रेसीलाई सुधारेर आम नागरिकलाई हिजो भन्दा आज, आज भन्दा भोलि जीवन सरल, सहज बनाउनु पर्नेमा जोड दिए।

चालु आर्थिक वर्षको ७ महिनामा ७० हजार विद्यार्थी अध्ययनका लागि विदेशिएको र ४४ अर्ब रुपैयाँ बाहिरिएको तथ्याङ प्रस्तुत गर्दै उनले यस्तो कहालीलाग्दो अवस्थाको अन्त्य गर्न नेपाललाई नै शिक्षा र आईटीको अब बनाउन सरकारले नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए।

आईटी कम्पनी खोल्नका लागि केही समयमा लागि कर छुट दिने वा लोनमा सहुलियत दिन सकिने सुझाव दिँदै उनले नेपाललाई आइटी हब बनाउन सक्दा पर्यटक समेत बढ्ने भएकाले यसतर्फ ख्याल गर्न सरकारलाई उनको आग्रह गरे।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र २१, १८: ४४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र २१, १८: ४४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र २१, १८: ४४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...