अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ – Naya Bikalpa
May 19, 2024, Sunday

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ।

दर्जनौँ मुद्दा खेपिरहेका ट्रम्पलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको हो। पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको भन्दै उनले मुद्दा खेपेका छन्।

उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गर्दै आएका छन्। मंगलबार उनी अदालत समेत पुगेका थिए। ट्रम्प अमेरिकाको इतिहासमा फौजदारी अभियोग खेप्ने पहिलो राष्ट्रपति बनेका छन्।

अहिले ट्रम्पको फौजदारी मुद्दा चर्चामा रहेपनि उनीअघि विश्वका धेरै नेताले फौजदारी मुद्दा खेपेर सजाए पनि भोगेका छन्। अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिष्टिना फर्नान्डिजलाई फौजदारी अभियोगमा ६ वर्ष जेल सजाए तोकिएको थियो।

ब्राजिलका हालका राष्ट्रपति लुला दा सिल्भालाई पनि भ्रष्टाचार र अपचलन मुद्दामा जेल चलान गरिएको थियो भने क्रोयसियाका पूर्वप्रधानमन्त्री इभो सान्दर पनि भ्रष्टाचार मुद्दामा जेल जानुपरेको थियो।

फ्रान्सका पूर्वराष्ट्रपति ज्याकस चिरक पनि भ्रष्टाचार मुद्दामा जेल चलान भएका थिए। फ्रान्सकै पूर्वराष्ट्रपति निकोलास सार्कोजीले पनि भ्रष्टाचार मुद्दा खेपेका थिए। उनलाई पनि तीन वर्षको जेल सजाए सुनाइएको थियो।

जर्मनीका पूर्व राष्ट्रपति क्रिष्टिन वुल्फलाई पनि पदीय आचरणविपरीत लाभ लिएको अभियोग लागेको थियो। सन् २०१३ मा उनले मुद्दा खेपेका थिए भने सन् २०१४ मा उनले मुद्दाबाट सफाए पाएका थिए।

इजरायलकै पूर्वप्रधानमन्त्री इहुद ओलमर्टलाई पनि कर छलीको अभियोग लागेको थियो। गत वर्ष उनलाई जेल चलानको फैसला सुनाइयो। इजरायलका वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि पनि भ्रष्टाचार अभियोग लागेको छ। उनलाई नीतिगत भ्रष्टाचार गरेको र अर्बपतिहरूबाट लाभ लिएको आरोप लागेको छ।

इटालीको पूर्वप्रधानमन्त्री सिल्भियो बर्सकोनीलाई नाबालिकामाथि यौन शोषणका साथै भ्रष्टाचार मुद्दा लागेको थियो। सन् १९९४ मा राजनीतिमा आएका उनीमाथि ३० भन्दा बढी फौजदारी अभियोग लागेका थिए। सन् २०२३ भ्रष्टाचार मुद्दामा उनले सफाए पाएका थिए।

मलेसियाकै पूर्व प्रधानमन्त्री नाजिब रजकमाथि पनि भ्रष्टाचार मुद्दा लागेको थियो। सन् २०२० मा उनीमाथिको अभियोग प्रमाणित भएको थियो। रजकले विकास बजेटको हिनामिना गरेको पाइएपछि उनलाई १२ वर्षको जेल सजाय तोकियो।

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। सन् १९९९ मा मुद्रा अपचलन गरेको अभियोगमा हाल सुनुवाइ भइरहेको छ। दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली मियुङ बाकलाई सन् २०२० मा घुस लिएको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो भने सन् २०२२ मा माफी दिइयो।

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानमाथि पनि ८५ वटा मुद्दामा सुनुवाइ भइरहेको छ। खानमाथि धर्मको अपमान, आतंकवाद र भ्रष्टाचार सम्बन्धी ८५ वटा मुद्दा लागेको हो।

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०७९ चैत्र २२, १३: ५७

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०७९ चैत्र २२, १३: ५७

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...

संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
  • २०७९ चैत्र २२, १३: ५७

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै शुक्रबार संसद् भवन अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गर्ने करिब ११ जनालाई...