अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ।

दर्जनौँ मुद्दा खेपिरहेका ट्रम्पलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको हो। पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको भन्दै उनले मुद्दा खेपेका छन्।

उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गर्दै आएका छन्। मंगलबार उनी अदालत समेत पुगेका थिए। ट्रम्प अमेरिकाको इतिहासमा फौजदारी अभियोग खेप्ने पहिलो राष्ट्रपति बनेका छन्।

अहिले ट्रम्पको फौजदारी मुद्दा चर्चामा रहेपनि उनीअघि विश्वका धेरै नेताले फौजदारी मुद्दा खेपेर सजाए पनि भोगेका छन्। अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिष्टिना फर्नान्डिजलाई फौजदारी अभियोगमा ६ वर्ष जेल सजाए तोकिएको थियो।

ब्राजिलका हालका राष्ट्रपति लुला दा सिल्भालाई पनि भ्रष्टाचार र अपचलन मुद्दामा जेल चलान गरिएको थियो भने क्रोयसियाका पूर्वप्रधानमन्त्री इभो सान्दर पनि भ्रष्टाचार मुद्दामा जेल जानुपरेको थियो।

फ्रान्सका पूर्वराष्ट्रपति ज्याकस चिरक पनि भ्रष्टाचार मुद्दामा जेल चलान भएका थिए। फ्रान्सकै पूर्वराष्ट्रपति निकोलास सार्कोजीले पनि भ्रष्टाचार मुद्दा खेपेका थिए। उनलाई पनि तीन वर्षको जेल सजाए सुनाइएको थियो।

जर्मनीका पूर्व राष्ट्रपति क्रिष्टिन वुल्फलाई पनि पदीय आचरणविपरीत लाभ लिएको अभियोग लागेको थियो। सन् २०१३ मा उनले मुद्दा खेपेका थिए भने सन् २०१४ मा उनले मुद्दाबाट सफाए पाएका थिए।

इजरायलकै पूर्वप्रधानमन्त्री इहुद ओलमर्टलाई पनि कर छलीको अभियोग लागेको थियो। गत वर्ष उनलाई जेल चलानको फैसला सुनाइयो। इजरायलका वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि पनि भ्रष्टाचार अभियोग लागेको छ। उनलाई नीतिगत भ्रष्टाचार गरेको र अर्बपतिहरूबाट लाभ लिएको आरोप लागेको छ।

इटालीको पूर्वप्रधानमन्त्री सिल्भियो बर्सकोनीलाई नाबालिकामाथि यौन शोषणका साथै भ्रष्टाचार मुद्दा लागेको थियो। सन् १९९४ मा राजनीतिमा आएका उनीमाथि ३० भन्दा बढी फौजदारी अभियोग लागेका थिए। सन् २०२३ भ्रष्टाचार मुद्दामा उनले सफाए पाएका थिए।

मलेसियाकै पूर्व प्रधानमन्त्री नाजिब रजकमाथि पनि भ्रष्टाचार मुद्दा लागेको थियो। सन् २०२० मा उनीमाथिको अभियोग प्रमाणित भएको थियो। रजकले विकास बजेटको हिनामिना गरेको पाइएपछि उनलाई १२ वर्षको जेल सजाय तोकियो।

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। सन् १९९९ मा मुद्रा अपचलन गरेको अभियोगमा हाल सुनुवाइ भइरहेको छ। दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली मियुङ बाकलाई सन् २०२० मा घुस लिएको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो भने सन् २०२२ मा माफी दिइयो।

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानमाथि पनि ८५ वटा मुद्दामा सुनुवाइ भइरहेको छ। खानमाथि धर्मको अपमान, आतंकवाद र भ्रष्टाचार सम्बन्धी ८५ वटा मुद्दा लागेको हो।

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७९ चैत्र २२, १३: ५७

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७९ चैत्र २२, १३: ५७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७९ चैत्र २२, १३: ५७

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...