केयुकेएलका सीईओ शाक्य कार्यसम्पादन मुल्याङ्कनमा ‘फेल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
संचालक समितिद्वारा स्पष्टिकरण सोधिएका प्रमुखलाई नै जिम्मेवारी

केयुकेएलका सीईओ शाक्य कार्यसम्पादन मुल्याङ्कनमा ‘फेल

 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकिय सचिव रमेश मल्लको दबाब र प्रलोभनलाई पन्छाउँदै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) संचालक समितिले प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई सेवाबाट हटाउने पक्रिया अघि बढाएको छ।

केयुकेएलले गठन गरेको कार्यसम्पादन मुल्याङ्कन समितिले शाक्यको २ वर्षे कार्यकालको मुल्याङ्कन गरी दिएको प्रतिवेदनको आधारमा उनले सम्झौता बमोजिम सेवालाई निरन्तरता दिन अयोग्य अङ्क प्राप्त गरेकाले सेवाबाट हटाउन लागिएको हो।

केयुकेएल संचालक समितिसमक्ष प्रत्येक वर्ष कार्यसम्पादन सम्झौता बमोजिम भएका काम, कारबाही र उपलब्धी समेटेर प्रतिवेदन बुझाउनु पर्छ । प्रमुख कार्यकारी अधिकृत शाक्यले बुझाएको प्रगति विवरणको आधारमा संचालक समितिले गठन गरेको समितिले मुल्याङ्कन गर्दा शाक्यलाई कूल १०० अङ्कमा ४३ अङ्क मात्र दिए पछि उनी अनुतीर्ण भएका हुन्।

केयुकेएल संचालक समितिका सदस्य कमलेसकुमार अग्रवालको संयोजकत्वमा गठित कार्यसम्पादन मुल्याङ्कन समितिले तयार पारेको मुल्याङ्कन प्रतिवेदनमाथि संचालक समितिको सोमबारको बैठकले छलफल गरी मंगलबारको बैठकले प्रतिवेदनलाई सद्धर गरेको थियो।

सो प्रतिवेदनकै आधारमा केयुकेएल संचालक समितिले शाक्यले प्राप्त गरेको ४३ अङ्कलाई आधार मान्दै उनलाई ३५ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको संचालक समितिका एक सदस्यले बताए।

संचालक समितिले शाक्यलाई संचालक समितिका अध्यक्ष तीरेसप्रसाद खत्रीको निगरानीमा प्रमुख कार्यकारी अधिकृतमा भने हाँजिर गराएको छ। यसअघि गत कात्तिकमा शाक्यलाई जिम्मेवारीबाट अलग गरी केयुकेएलका ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख कार्यकारी अधिकृतले गर्न पाउने अधिकार प्रदान गर्दै जिम्मेवारी सुम्पिएको थियो।

केयुकेएल संचालनक समितिले कार्यसम्पादन सम्झौता मुल्याङ्कन समितिको संयोजकमा आग्रवाललाई र सदस्यमा बशिष्टकुमार घिमिरे, रामबहादुर थापा, संजिव विक्रम राण र अनिलभक्त खनाललाई तोकेको थियो।

मुल्याङ्कन समितिको अध्यक्षमा अग्रवाल र सदस्यमा मन्त्रालयका कानुन उपसचिव बशिष्टकुमार घिमिरे, काठमाडौं महानगरपालिकाबाट प्रतिनिधित्व गर्ने उपसचिव रामबहादुर थापा, विज्ञ सदस्यको रुपमा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख कार्यकारी अधिकृत सञ्जिव विक्रम राणा र अनिलभद्र खनाल थिए।

२०७६ भदौ ८ गते केयुकेएल समक्ष शाक्यले गरेको कार्यसम्पादन सम्झौतामा २१ वटा गुणात्मक सूचक र ६ वटा आर्थिक सूचक तोकिए बमोजिमको लक्ष्य हासिल गर्ने भनिएको थियो। तर, प्रत्येक आर्थिक वर्षको प्रतिवेदन निर्धारित समयमा पेश नगरेका शाक्यको कार्यसम्पादन सम्झौता बमोजिमको लक्ष्य पुरा गर्न नसकेका हुन्।

शाक्यले जिम्मेवारी सम्हालेपछि केयुकेएलमा २५ प्रतिशत रहेको चुहावट बढेर हाल ४० प्रतिशत बढेको छ । बिलिङको आकार घटेको छ भने महसुल असुली समेत घटेको छ। शाक्यले केयुकेएल संचालक समिति प्रमुख कार्यकारी अधिकृतमा छनोट हुँदा गरेको सम्झौतामा कार्यसम्पादनको आधारमा ५० प्रतिशतभन्दा कम उपलब्धी भएमा सेवाअवधि थप गर्न नमिल्ने उल्लेख छ।

केयूकेएल संचालक समितिको अध्यक्ष अध्यक्ष, तिरेशप्रसाद खत्री खानेपानी मन्त्रालयका प्रतिनिधि प्राविधिक सहसचिव हुन भने सदस्यहरु वशिष्टकुमार घिमिरे खानेपानी मन्त्रालयका कानुन शाखा प्रमुख हुन्।

कमलेशकुमार अग्रवाल, नेपाल चेम्वर अफ कमर्शबाट, रामबहादुर थापा र बसन्त आचार्य काठमाडौं महानगरपालिकाबाट प्रतिनिधित्व गर्छन्। त्यस्तै महालक्ष्मी नगरपालिकाका उपसचिव रोशन ज्ञावली पनि संचालक सदस्य हुन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ चैत्र २२, १८: २७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ चैत्र २२, १८: २७

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ चैत्र २२, १८: २७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...