
‘
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचारले सबै सीमा नाघेको बताएका छन्।
प्रतिनिधिसभाको विहीबारबसेको बैठकको आकष्मिक समयमा बोल्दै यात्रुका सुटकेस फुटाउन बानी परेका विमानस्थलका कर्मचारीहरुले शव बोकेका बाकस पनि फुटाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
’विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ। गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्ने उदेश्यले कर्मचारीले त्यसो गरिरहेका छन्’, उनले भने, ’शव ल्याएका बाक्साहरु पनि फोडिएको देख्दा भ्रष्टचारको जरो कति गाडिएको छ भन्ने छर्लङ्ग भएको छ।’
उनले लागुऔषध बोकेका नदेख्ने एयरपोर्टका कर्मचारी र त्यहाँको प्रणालीले यात्रुका सुटकेस र बाकस फुटाइरहेको गुनासो गरे। उनले एयरपोर्ट र सामुदायिक विद्यालय देशको मुहार भएको बताउँदै जताततै भ्रष्टाचारले जरो गाडेको उल्लेख गरे।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...