कार्यव्यवस्था परामर्श समितिमा रहने २० सांसदको नाम अनुमोदन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कार्यव्यवस्था परामर्श समितिमा रहने २० सांसदको नाम अनुमोदन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले समितिका सदस्य चयन गरेको छ। प्रतिनिधिसभाको विहीबारको बैठकले समिति सदस्यको नाम अनुमोदन गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको थियो। जसअनुसार बिहीबार बसेको बैठकमा प्रस्तुत गरिएको सदस्यहरुको नामलाई अनुमोदन गरिएको हो।

संघीय संसद प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा नेपाली कांग्रेसबाट पार्टी सहमहामन्त्री समेत रहेका जीवन परियार, प्रमुख सचेतक समेत रहेका रमेश लेखक, केन्द्रीय सदस्य समेत रहेका रामहरि खतिवडा, अजय कुमार चौरसिया र सरिता प्रसाइँ सदस्य भएका छन्।

यस्तै नेकपा एमालेबाट तारा लामा तामाङ्ग, पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र विद्या भट्टराई रहेका छन् । बर्तौला एमाले संसदीय दलका सचेतक हुन्। यस्तै, माओबादी केन्द्र संसदीय दलका प्रमुख सचेतक समेत रहेका हितराज पाण्डे र रुपा सोशी चौधरी चयन भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार,जसपा नेपालबाट प्रदिप यादव, राप्रपाबाट ज्ञानबहादुर शाही, नेकपा एकीकृत समाजबादीबाट मेटमणी चौधरी र लोकतान्त्रिक समाजबादी पार्टीका रामप्रकाश चौधरी पनि कार्यव्यवस्था परामर्श समितिमा चयन भएका छन्। यस्तै सांसदहरु अनिता देवी, गंगाराम चौधरी र नागिना यादव पनि समितिमा अटाएका छन् ।

 

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र २३, १८: २८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र २३, १८: २८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र २३, १८: २८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...