
नारायणघाट । भरतपुर महानगरपालिकाले महानगरको कामको ठेक्का सम्झौता गरेर समयमा नै काम नगरी अलपत्र पार्ने २८ निर्माण कम्पनीलाई कारबाही प्रक्रिया शुरु गरेको छ।
मंगलबार एक सूचना जारी गर्दै भरतपुर महानगरले काम नगरेर अलपत्र छाडेका कम्पनीहरूलाई किन कार्यवाही नगर्ने भनेर स्पष्टीकरणसहितको कारबाही प्रक्रिया शुरु गरेको हो।
महानगरले सार्वजनिक गरेको सूचनामा सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौताको सर्त बमोजिम ठेक्का सम्झौता तोडी कार्यसम्पादन जमानत जफत गर्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने, हर्जना असुल गर्ने, वाँकी निर्माण कार्यको मुल्याङ्कन गरी ठेक्का सम्झौता बमोजिम सरकारी सम्पति वाँकी सरह असुल उपर गर्ने लगायतका प्रक्रिया शुरु गर्ने महानगरले जनाएको छ।
महानगरले हर्जना असुल गरी कालोसूचीमा राखेर ठेक्का सम्झौता रद्ध गर्ने भनी अमृत कायश्यप जेभी कलंकी काठमाडौ, धुलीखेल निर्माण सेवा प्रालि वानेश्वर, उर्जा क्रिसभ जेभी काठमाडौं, प्रसंशा कन्स्ट्रक्सन भरतपुर,डी एण्ड एस हिमालयन कन्स्ट्रक्सन प्रालि, जीएमआर दाजुभाई जेभी भरतपुर र वल्र्डवाईड धुलीखेल जेभी बानेश्वरको नाम सार्वजनिक गरेको हो ।
त्यस्तै, शिभस्तल निर्माण प्रालि भरतपुर, बिक्रमबाबा कन्स्ट्रक्सन रत्ननगर चितवन, लोहनी लोहनी एण्ड सन्स दाजुभाई जेभी चितवन, प्रदीप निर्माण सेवा भरतपुर, भुमेथान निर्माण सेवा भरतपुर र युविना कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि बानेश्वरलाई समेत महानगरले कालो सूचीमा राख्न लागेको हो।
भरतपुर महानगरको बोलपत्र स्वीकार गरी सम्झौता गर्नेमध्ये युविना कन्स्ट्रक्सन र धुलीखेल निर्माण सेवाले २–२ वटा ठेक्का लिएको देखिन्छ। उर्जा मस्त जेभी त्रिपुरेश्वरले ४ वटा, प्रदीप निर्माण सेवाले ४ वटा र बिक्रमबाबा कन्स्ट्रक्सनले ८ वटा ठेक्का सम्झौता गरेर काम अलपत्र छाडेका हुन्।
महानगरले कालोसूचमिा पर्न लागेका निर्माण व्यवसायीहरुलाई मनासिव कारण भने ७ दिन भित्र चित्तबुझ्दो जवाफसहित आफू वा आफ्ना प्रतिनिधि पठाउन सूचना प्रकाशित गरेको हो ।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...