पूर्वराजा र एमालेलाई दोष दिएर यो सरकार उम्कन मिल्दैन: गगन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पूर्वराजा र एमालेलाई दोष दिएर यो सरकार उम्कन मिल्दैन: गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र र नेकपा एमालेलाई दोष दिएर वा उनीहरुको कमजोरीको टिप्पणी गरेर मात्र वर्तमान सरकार उम्कन नमिल्ने बताउका छन् ।

राजधानीमा मंगलबारबाट शुरु नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले पूर्वराजा वा एमालेलाई दोष दिएर सरकार उम्कन नमिल्ने तर्क गर्दै परिणाममुखि काम गरेर देखाउन सरकारलाई सुझाव दिएका हुन्।

महामन्त्री थापाले पाँच वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए। संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अव अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहो¥याए।

‘पाँच वर्षको अवधि छ। मैले भनिरहेको छु म नेपाली काँग्रेसको एउटा कार्यकर्ता हुँ। संघमा काँग्रेसका सरकार, प्रदेशमा काँग्रेसको सरकार, ४ सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ। अब कसैलाई दोष दिएर उम्कन पाइँदैन। अब भूतप्रेतलाई भनेर पनि पाइन्न। भूतपूर्व राजालाई भनेर पनि पाईन्न। अब नेकपा एमालेले गरेन, अरूले गरेन भन्न पनि पाइन्न। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नु पर्छ’ थापाले भने।

महामन्त्री थापाले शिक्षकहरूको तलव, भत्ता बढाउन पनि सरकारसँग माग गरे। शिक्षकहरूलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरूको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उनको भनाइ थियो। महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरूलाई आग्रह गरे।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र २८, १८: १२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र २८, १८: १२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र २८, १८: १२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...