परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षी एस जयशंकरको बधाई – Naya Bikalpa
June 1, 2023, Thursday

परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षी एस जयशंकरको बधाई

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदलाई भारतीय विदेशमन्त्री एस जयशंकरले आइतबार हार्दिक बधाई दिएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरले बधाई दिँदै द्विपक्षीय हितका विषयमा सहकार्य गर्न तयार रहेको जनाएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत शुभकामना व्यक्त गर्दै जयशंकरले भनेका छन्, ‘परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएका माननीय एनपी साउदलाई बधाई। हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन सँगै काम गर्न तत्पर छु। नयाँ भूमिकाको लागि शुभकामना।’

परराष्ट्रमन्त्री नियुक्त भएका साउदले आइतबार नै सपथ लिएका थिए। शपथपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा जुट्ने बताएका छन्। नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले पनि मन्त्री साउदलाई बधाई दिएका थिए। उनीहरूबी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि छलफल भएको थियो।

भारतीय राजदूत श्रीवास्तवले परराष्ट्र मन्त्रालयमा गएर मन्त्री साउदलाई भेटेका थिए। वैशाख तेस्रो साताका लागि प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी भइरहेको छ। पदभार सम्हाल्ने क्रममा परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी थाल्ने बताएका थिए।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०८० बैशाख ४, १५: ४६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
  • २०८० बैशाख ४, १५: ४६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...

राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
  • २०८० बैशाख ४, १५: ४६

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...