‘मेरो प्रिय शम्भु भाई दुर्घटनामा पर्नुभयो, यो संवेदनशिल घडीमा नुनचुक नछर्कनुः रबी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सवारी चालक छतबाट खसी घाईते प्रकरणपछि रबीको स्पस्टोक्ति

‘मेरो प्रिय शम्भु भाई दुर्घटनामा पर्नुभयो, यो संवेदनशिल घडीमा नुनचुक नछर्कनुः रबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले आज बिहान घरको छतबाट खसेर घाईते भएका आफ्नो सवारीका चालक दिलबहादुर थापा उर्फ शम्भुको स्वास्थय लाभको कामना गर्न आव्हान गर्दै यस्तो संवेदनशिल घडिमा मौका नछोप्न सबैलाई आग्रह गरेका छन्।

सामजिक सञ्जाल फेसवुकमा आइतबार दिउँसो स्टाटस पोष्ट गर्दै रास्वपा अध्यक्ष लामिछानेले उनको उपचार भइरहेको र घटनाको बिषयमा प्रहरीले छानबिन गरिरहेकोले थप भन्ने कुरा केही नभएको भन्दै सहानुभूति र प्रार्थनाको सट्टामा नुनचुक नछर्किन आग्रह गरेका छन्।

यस्तो छ रबीको फेसबुक स्टाटस जस्ताको तस्तै –
‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो। पुरानो मेडिकल कलेज भरतपुरमा उहाँ उपचाररत हुनुहुन्छ। बिहानैदेखि निरन्तर र भरखरैपनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर छ। प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला योभन्दा धेरै मसँग तपाईलाई भन्ने कुनै शब्दै छैन। म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।’

आइतबार राति ११ बजे लामिछाने चितवनको घरमा पुगेका थिए । भरतपुर महानगरपालिका ११ मा रहेको घरमा उनी ७ महिना अगाडि किनेका थिए । दिनभरि चुनावी अभियानमा हिँडेकाले थाकेका रबी रउनको टिमका सदस्यहरु सोमबार बारामा हुने निर्वाचन प्रचारप्रसारमा जाने तयारीमा थिए । रविसँगै रास्वपाका महामन्त्री मुकुल ढकाल र नेता दीपक बोहरा पनि थिए।

तीन तले रबीको घरको सबैभन्दा तल्लो तलामा रवि लामिछने सुतेका थिए भने त्यही घरको माथिल्लो तलामा रविका सवारी चालक दिलबहादुर थापा उर्फ ‘शम्भु’ आज बिहान करिव चार बजे तेस्रो तल्लाबाट खसेका थिए । लामिछानेका सहयोगीमार्फत प्रहरीलाई खबर गरे पछि उनलाई पुरानो भरतपुर चितवन मेडकल कलेज लगिएको थियो।
सिन्धुपाल्चोकको बाह्रविसे स्थायी घर भएका शम्भुको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।

रबी र उनका चालक शम्भु सुतेको घरको निगरानीका लागि सीसीटीभी क्यामरा जडान भए पनि क्यामराले शम्भु झरेको दृष्य दोस्रो तल्लाबाट मात्रै क्याप्चर गरेको देखिएको प्रहरीले जनाएको छ ।

सीसीटीभी फुटेज हेर्दा बिहान ३ बजेर ५४ मिनेटमा शम्भु झरेको प्रहरीले जनाएको छ। जुन ठाउँबाट उनी झरे त्यहाँको फुटेज मिल्थ्यो भने घटना अनुसन्धानमा निचोडतिर पुग्न सहज हुन्थ्यो। त्यसैले रवि लामिछानेका चालकमाथिको घटनामा अनुत्तरित प्रश्न पैदा भएको छ।

यसैबिच, प्रहरीले रास्वपाका महामन्त्री ढकालका चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। एउटै तल्लामा सुतेकाले उनका ड्राइभरसँग प्रहरीले सोधपुछ थालेको हो। प्रहरीलाई उनले घटनाबारे आफूले केही पनि चाल नपाएको बयान दिएका छन्।

साउन २०, २०७६ मा नारायणढको पोखरा बसपार्कको होटेल कंगारुमा एकजना पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि रवि सो प्रकरणमा तानिएका थिए । मुछिएका थिए। होटलको २०२ नम्बर कोठामा बसेका पुडानीले आत्महत्या गरेका थिए। उनले आत्महत्या गर्नु अघि भिडियो रेकर्ड गरेका थिए जसले रविलाई आत्महत्या दुरुत्साहन मुद्दा आकर्षित भयो। र, उनी पक्राउ पनि परे। न्यायिक हिरातबाट धरौटी बुझाएर रिहा भएका रविले उक्त मुद्दामा जिल्ला अदालत चितवनबाट सफाइ पाए।
रबीका चालक घाइते भएपछि आज बारा निर्वाचन क्षेत्र नम्वर २ मा हुने चुनावी सभामा जाने योजना रोकिएको छ ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख ४, १७: ०८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख ४, १७: ०८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० बैशाख ४, १७: ०८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...