
घोराही । ट्रकले ठक्कर दिँदा सोमबार दाङमा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विक रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो।
दुर्घटनामा परी गोपाल बिवको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते सन्देश बस्नेतको घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्वन्धमा थप अनुसन्धान गर्न प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...