प्रहरी दमनबिरुद्ध मिटरव्याज पीडितहरु घाईतेसहित थप प्रदर्शनमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रहरी दमनबिरुद्ध मिटरव्याज पीडितहरु घाईतेसहित थप प्रदर्शनमा

काठमाडौँ। मिटर ब्याजपीडितको आनदोलन दबाउन प्रहरी सोमबार भृकुटीमण्ड क्षेत्रमा गरेको लाठिचार्जबाट घाईते भएकाको समेत सहभागितामा मिटरव्याज पीडितहरुले आन्दोलन झन चर्काउने निर्णय गरेका छन् ।

मिटर व्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिले राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने र उत्तेजित पार्ने काम भइरहेको भन्दै सोमबारको आन्दोलतमा घाईत भई टाउको, हात र शरिरका अन्य भागमा लागेकाटे चोटसहित उनीहरुले मंगलबार प्रदर्शन गरेका छन् ।

सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

पीडितले सहयोगी तथा शुभचिन्तकबाट सहयोग जुटाएर जम्मा गरेको अनाज, ग्यास, ग्यास चुलो, स्पिकर र भाँडाकुँडासमेत प्रहरीले लुटेको उनको आरोप छ।

‘यस्तो राज्य प्रायोजित आतङ्क र दमनको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा उनले भनेका छन् । उनले गृहमन्त्री नै आफूहरूको आन्दोलन दबाउन उद्यत रहेको भन्दै सङ्घर्ष समितिले चाँडै प्रतिवादमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

सोमबार शान्ति वाटिकाबाट सिंहदरबारसम्म आफूहरूको शान्तिपूर्ण जुलुस जाने कार्यक्रम रहेकोमा बिहानैदेखि प्रहरीले शान्तिवाटिका क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिँदै पीडितहरुलाई आवतजावतमै निषेध र धरपकड गरिएको उनको आरोप छ।

मिटरब्याज पीडितसँग १८ चैतमा ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै अर्को समूह २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

सरकारले भने मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गरिसकेकाले सबै समस्या आयोगले समाधान गर्ने भन्दै मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिएर गाउँ फर्किन आग्रह गरेको छ ।

यसैबीच मिटरव्याज पीडितहरुले मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरेका छन् । उनीहरुले गृहमन्त्री नै पीडितको दमनमा उत्रिएको भन्दै गृहमन्त्री श्रैष्ठको राजिनामा माग गरेका हुन्।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख ५, १३: ५०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० बैशाख ५, १३: ५०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०८० बैशाख ५, १३: ५०

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...