
सुर्खेत । जाजरकोटबाट कर्णाली प्रदेश सभा सदस्यमा लोकप्रीय मतसहित विजयी भएका कांग्रेस केन्द्रीय सदस्य राजिपविक्रम शाहले आफूलाई अन्याय गर्दै कर्णाली प्रदेश सरकार बिस्तार गर्न लागेको भन्दै पार्टी सभापति शेरबहादुर देउवासँग गुनासो गरेपछि बुधबार गर्ने भनिएको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बिस्तार कार्य रोकिएको छ।
कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार कांग्रेसले तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो। तीन जनाको नाममा पार्टीका बरिष्ठ नेताहरुलाई बाइपास गर्दै समावेशीतालाई समेत पन्छाएको भन्दै नेता शाहले गुनासो गरेका थिए।
सांसद शाह र सुर्खेतकी अर्की सांसद जानकी सिंहलगायतका नेताहरूले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएपछि सभापति देउवाले बुधबार कांग्रेसको तर्फबाट मन्त्री हुनेहरुको सपथ रोक्न मुख्यमन्त्री शर्मालाई कांग्रेस सभापति देउवाले टेलिफोन गरेपछि बुधबार गर्ने भनिएको मन्त्रिपरिषद् बिस्तारको योजना पछि सरेको हो।
कांग्रेसले मंगलबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने भन्दै उनीहरुको नाम सिफारिस गरिएको थियो।
सांसद शाहले टेलिफोनमा कुरा गदै आफू अन्यायमा परेको भन्दै देउवालाई टेलिफोन गरेका थिए। प्रधानमन्त्री प्रचण्ड र देउवा अहिले चुनावी कार्यक्रममा बाहिर भएकाले आपसी सल्लाह गरेर मात्र मन्त्री परिषदबारेका ठोस निर्णय गर्न मुख्यमन्त्री शर्मालाई भनेको स्रोतले बतायो।
देउवाले शाहजस्ता सिनियर नेतालाई वाइपास गर्ने गरी पठाइएको नाममा पार्टीको सहमति छैन भने पछि मुख्यमन्त्री शर्मा पछि हटेका थिए। कांग्रेसबाट तीन जनालाई आजै तीन बजे सपथ खुवाउने कार्यक्रम थियो।
पार्टीको १४औं महाधिवेशनमा पार्टी केन्द्रीय सहमहामन्त्रीमा प्रतिष्पर्धा गरेर पराजित भएका कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश संसदीय दलको नेतामा दाबी गरेदेखि नै अर्का केन्द्रीय सदस्य शाह रुष्ट बनेका थिए।
पार्टी उपसभापति तथा हालका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको दबाबमा प्रदेशमा कांग्रेस संसदीय दलको नेता भएका शाही वाइडबडी जहाज खरिद प्रकरणमा मुछिएका व्यक्ति हुन्। तर, उनलाई उपसभापति खड्काले बोकेपछि कर्णाली प्रदेशमा प्रदेश संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने चाहना राखेका शाहलाई पछि हट्न बाध्य बनाइएको थियो।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...