युवराज सफललाई कारबाही गर्न कांग्रेस सांसद बढुको माग – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

युवराज सफललाई कारबाही गर्न कांग्रेस सांसद बढुको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो चरित्र हत्या गर्ने युवराज पौडेल (सफल)लाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बडूले युवराज पौडेल सफलले दोहोरो नागरिकता लिएको भन्दै आफ्नो नाममा उजुरी दिएको भन्दै यस्तो कार्यकले आफ्नो चरित्र हत्या गरेको भन्दै कारबाहीको लागि माग गरे।

गत वैशाख ५ गते एक मिडियामा प्रकाशित समाचारमा सिन्धुली निवासी पौडेलले दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएको विवरण थियो।

बढुले आफ्नो नाम जोडेर दिईएको उजुरीमा कुनै सत्यता नभएको भनदै पूर्णतया झुटो, आधारहिन र दुराशययुक्र प्रायोजित समाचारले आफूजस्तो एक जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पु¥याएको बताएका छन् ।

सांसद बढुले भने ‘मैलै सार्वभौम मुलुकको मन्त्रीपरिषदको जिम्मेवारी निभाइसकेको सन्दर्भमा मेरो देशको स्वाभिमानमाथि समेत अपूरणीय क्षति पु¥याउन सक्ने भएकोले यस्ता तथ्यहीन कुराका उजुरीकर्ता र सत्यतथ्य खोजी नगरी आचारसंहिता विपरीत र दुराशययुक्त तथ्यहीन समाचार सम्प्रेषणकर्तालाई छानबिन गरी हदैसम्मको कानुनी कारबाही गरिपाउन र सत्यतथ्य संसद्लाई जानकारी गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख ६, १८: १४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख ६, १८: १४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० बैशाख ६, १८: १४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...