प्रधानमन्त्री दाहाल वैशाखको अन्तिम साता भारत भ्रमणमा जाने तयारी – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

प्रधानमन्त्री दाहाल वैशाखको अन्तिम साता भारत भ्रमणमा जाने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही बैशाख अन्तिम साता भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री भएदेखि नै भारतबाट विदेश भ्रमणको शुरुवात गर्ने बताउँदै आएका दाहालले सरकारको नेतृत्व गरेको चार पहिनापछि भारत भ्रमणको निम्ता पाएका हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले बुधबार प्राप्त गरेसँगै भारत भ्रमणको तयारी भएको हो । यसका लागि दाहालले मिति निर्धारण गर्ने जिम्मेवारी नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रकाश) साउदलाई दिएका छन्।

भ्रमणका क्रममा प्रस्तुत गरिने एजेण्डा र तयारी पूरा भएपछि मात्र भ्रममणको मिति सार्वजनिक गरिने बालुवाटार स्रोतले जनायो। सुरक्षाको कारण देखाउँदै मिति नतोकिएपछि आगामी बैशाख २८ देखि जेठ ४ गते भित्र कुनै पनि दिन प्रधानमन्त्री दाहालको भारत भ्रमण शुरु हुनेछ ।

बैशाख २७ गते भारतको कर्नाटकमा प्रदेश सभाको निर्वाचन चुनाव छ भने बैशाख ५ गतेदेखि भारतीय प्रधानमन्त्री मोदीको अन्य महत्वपूर्ण देशको भ्रमणमा जाने कार्यसूची छ । त्यसैले यहीबीचमा प्रधानमन्त्री दाहालको तीनदेखि चार दिनसम्मको भारत भ्रमण हुन सक्ने परराष्ट्र मन्त्रालय स्रोतले जनायो।

परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी गरेका छन् । कृषि, जलस्रोत, शिक्षा, स्वास्थ्य र वाणिज्य मन्त्रालयबाट एजेण्डाहरु मगाएर त्यसमा अध्ययन गर्ने र कार्यक्रम बनाउने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० बैशाख ६, १८: ३५

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० बैशाख ६, १८: ३५

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० बैशाख ६, १८: ३५

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...