
जनकपुरधाम । लामो समयको कानूनी लडाईँपछि शिवजी श्रेष्ठसँग श्रीमान नाता कायम गरेकी महोत्तरीकी निहारिका राजपुत जनकपुरधाम उपमहानगरपालिका ४स्थित डेरामा अचेत अवस्थामा फेला परेकी छन् ।
निहारिकालाई उद्दार गरी उपचारका लागि प्रहरीले प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। केहीदिनदेखि श्रीमान् शिवराज श्रेष्ठसँग सम्बन्ध बिग्रिएपछि छुट्टै कोठामा बस्दै आएकी निहारिकाले विष सेवन गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
स्थानीयले खबर गरेपछि प्रहरीका पुग्दा उनी खाटमै ढलेको अवस्थामा फेला परेकी थिइन्। शिबजी श्रेष्ठसँगको शारिरीक सम्वन्धबाट बच्चा जन्मिएको दाबी प्रमाणीत भएपछि राजपुत र श्रेष्ठबीच औपचारिक विवाह पनि भएको थियो ।
विवाहको केही समयपछि दुबैबीच मनमुटाव वढ्यो र उनी बच्चासहित डेरामा बस्दै आएकी थिइन्। शिवजी श्रेष्ठको डीएनए परिक्षण गर्नु पर्ने माग गर्दा जिल्ला अदालतले आदेश नदिएको भन्दै उनी न्यायको लागि भनेर माग राख्दै राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास समेत गरेकी थिइन्। उनलाई पछि प्रहरीले उद्धार गरेको थियो।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...