मदिरा व्यवसायी महासंघको अधिवेशन असन्तुष्ट समूहले बहिस्कार गर्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
अध्यक्ष शेर्पाले पुन: अध्यक्ष बन्न विधान विपरित प्रतिनिधि बढाएको आरोप

मदिरा व्यवसायी महासंघको अधिवेशन असन्तुष्ट समूहले बहिस्कार गर्ने

ओम प्रकास राउत

काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघको संस्थापन पक्षले विधान विपरित महाधिवेशन प्रतिनिधिहरु एकलौटी रुपमा थप गरेको भन्दै केन्दिय अध्यक्षका प्रत्यासी मुकुन्द महर्जन लगायतका नेताहरुले शनिबारदेखि काठमाडौंमा हुने भनिएको महासंघको १७औं वार्षिक साधारण सभा तथा १२औं महाधिवेशन बहिस्कार गर्ने भएको छ।

महासंघका अध्यक्ष सोनाम शेर्पाले पुन अध्यक्ष पद हत्याउनको लागि संस्थागत निर्णंय विपरित एकलौटी र मनमौजी तवरले आर्थिक अपारदर्शी ढंगले काम गरेको भन्दै उनको कार्यशैली प्रति असन्तुुष्टि जनाउँदै अध्यक्षका प्रत्यासी महर्जनले ११ वटा कारण देखाउँदै महाधिवेशन बहिस्कार गर्ने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

महार्जनले पत्रकार सम्मेलनमा महाधिवेशनमा नेतृत्व हत्याउन महाधिवेशन प्रतिनिधिहरुलाई प्रभावित पार्न आर्थिक चलखेल गरी गैरव्यवसायीलाई महाधिवेन प्रतिनिधि तोकको साधरण सभा तीन वर्षे कार्यकालमा एक पटक मात्र गरेको र संस्थापक सदस्य र संस्थागत सदस्यहरुलाई नेतृत्वले अभिभावकको भूमिका खेल्न नसकेको गुनासो गरे।

निर्वाचन समिति वर्तमान नेतृत्वको प्रभावमा परेर एक पक्षिय रुपमा अबैधानिक ढंगले बिधानमा नजभएका पदहरु सृजना गरी गैरव्यवसायीलाई समेत महाधिवेशन प्रतिनिधि बनाएको असन्तुुष्ट पक्षले आरोप लगाएको छ।

महार्जनले महासंघको बिधान विपरित मदिरा व्यवसायमा संलग्न नभएको र कुनै शाखा नै नरहेको संस्थाबाट फर्जी महाधिवेशन प्रतिनिधि बनाई महाधिवेशन गर्न लागेको भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिए पनि सुनुवाई नभएका कारण आफू पत्रकार सम्मेलन गर्न बाध्य भएको बताए ।

बर्तमान अध्यक्ष शेपोले शनिबारदेखि शुरु हुने महाधिवेनमा प्रतिनिधिहरुको नाम वैंशाख ४ गते टुंगो लगाउने भनिए पनि ५ गते पनि सार्वजनिक नगरिएको आफ्नो बिरोध गर्ने महािधवेशन प्रतिनिधिहरुलाई काठमाडौमा नआउन धम्क्याउने गरेको पत्रकार सम्मेलनमा बताइयो ।

महासंघका पूर्वउपाध्यक्ष राजकुमार न्यौपानेले गैरव्यवसायीलाई प्रतिनिधि बनाएर गरिएको महधिवेशन आफूहरुलाई मान्य नहुने बताए । उनले नक्कली महाधिवेशन प्रतिनिधि खडा गरिएको भन्दै अघिल्लो महधिवेशनमा एक सय प्रतिनिधि रहेको काठमाडौं जिल्लाबाट अहिले चार सय ७२ जना प्रतिनिधि बनाइएको बताए ।

 

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० बैशाख ८, २१: ३५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख ८, २१: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख ८, २१: ३५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...