आज अक्षय तृतीयाः जौंको सातु र सर्वत खाने दिन – Naya Bikalpa
June 1, 2023, Thursday

आज अक्षय तृतीयाः जौंको सातु र सर्वत खाने दिन

काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् आइतबार अक्षय तृतीया, सनातन धर्मावलम्बीका लागि विशेष दिन हो। तामक्रम बृद्धि भएसँगै जौंको सातु र सर्वत खानाले स्वास्थ्यमा सकारात्मम प्रभाव पर्ने भएकाले अक्षय तृतीयाका दिन नेपाली समाजमा बिशेष रुपमा मनाईन्छ।

अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ। त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। अक्षय तृतीयाका दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने परम्परा चल्दै आएको छ।

ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ। यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्नाले पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत राखेर बटुवालाई खुवाउने परम्परा पनि छ।

गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ। अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ। त्यसैले यो दिन शुभकर्म गर्न साइत हेराइरहनु पर्दैन भन्ने मान्यता छ।

वैशाख शुक्ल तृतीयाकै दिन मनाइने भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती भने शनिबार नै मनाइएको छ।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०८० बैशाख १०, १४: ४८

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
  • २०८० बैशाख १०, १४: ४८

नयाँ दिल्ली । भारतले नेपालमा जलविद्युत आयोजना र ट्रान्समिसन लाईन निर्माणदेखि विद्युत खरिद गर्ने विषयलाई बढी प्राथमिकता दिएको छ। चार...

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा  १० योजना उद्घाटन, शिलान्यास र समझदारी
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा १० योजना उद्घाटन, शिलान्यास र समझदारी
  • २०८० बैशाख १०, १४: ४८

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच १० वटा योजनाको...