
कलैया । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुईवटा बुथमा आफनो प्रतिनिधिलाई प्रवेश गर्न नदिएर जनता समाजबादी पार्टीले बुथ कब्जा गरेको दाबी गरेका छन्।
आइतबार बिहान गढीमाईको दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टीले बाराको पचरौता नगरपालिका बेलडाडी र देवताल गाउँपालिकाको झिपकैया बुथ कब्जा भएको बताएका हुन्।
राउतले ती दुई मतदान केन्द्रमा जनमतका प्रतिनिधिलाई छिर्न नदिएको बताए । राउतले सञ्चारकर्मीसँग भने, ‘मैले हिँजोदेखि नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाई भएको छैन्।’
प्रहरी प्रशासनको मिलोमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै राउतले सबन्धित निकायको ध्यानाकर्षण गरेका पनि छन्। बाराको क्षेत्र नम्वर २बाट जनमतले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ भने् सत्तारुढ गठबन्धनका अन्य दलले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई अघि सारेका छ् । य
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...