
काठमाडौँ । पञ्जावलाई बेग्लै स्वायत्त राज्य खालिस्तान निर्माण गर्ने अभियानमा लागेका अमृतपाल सिंह अन्ततः भारतमा पक्राउ परेका छन्।
उनी पञ्जाबको मोगाबाट पक्राउ परेको पञ्जावका प्रहरी अधिकारीले ट्विट गरी पुष्टि गरेका छन्। शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै सिंहले ‘वारिस पञ्जाब दे’ सङ्गठनको नामबाट गतिविधि गर्दै आएका थिए।
यसअघि सङ्गठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको भन्दै भारतीय दूतावासले दाबी गरेको थियो। तर। नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो।
लामो समय दुबईमा बसेर उनी गएको वर्ष अगष्टमा पञ्जाब फर्किएका थिए । यसअघि पञ्जाबबाट उनका काका र थुप्रै समर्थकलाई पक्राउ गरी छाडिएको थियो । तर उनी गएको मार्चदेखि फरार थिए । उनका बुबा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भारतमा दुई वर्षअघि सञ्चालित किशान आन्दोलन दबाउन भारतीय सरकारले बल प्रयोग गरेपछि जनसमर्जन जुटाउन र आर्थिक संकलन गर्न सामाजिक सञ्जालको सहायता लिएका अमृतपाल र उनको समुह भारतमा निकै चर्चित भएको थियो।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...