
काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुवईको जहाजको दायाँ इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण नगरी गन्तव्यतर्फ नै पाईलटले उडाएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार साँझ ९ बजेर २० मिनेट जाँदा दुवईतर्फ उडेको जहाज उडान भरेको केही बेरमा नै आगो लागेको देखिएको थियो। विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको काठमाडौंस्थित एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन्।
पाईलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्ने तयारी नरहेको भन्दै ‘वी विल कन्टिन्यू’ भनेर रुपन्देही र कपिलबस्तु हुँदै भारतको नयाँ दिल्लीतर्फ जहाज लगेका थिए।
जहाजका पाइलटले काठमाडौंको आकाशबाट बाहिरिने क्रममा जहाज सुरक्षित रहेको त्रिभुवन विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए। जहाजलाई केही बेर होल्ड गरेर पुन काठमाडौंमा नै पाईलटले फर्काउलान भनेर विमानस्थल ट्राफिक कन्ट्रोलले आशा गरेका थिए।
जहाजमा १६९ जना यात्रु रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतिले जनाएका छन्। उनले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको जनाए।
मन्त्री किराँतिले फेसवुकमा ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा’ भनेर लेखेका छन्।
नेपालका विमानस्थल अधिकारीहरुले पहिला बिमान केहीसमय नेपालकै आकासमा होल्ड गरेर विमानस्थल फर्कने आशा गरेका थिए तर पाइलटले विमान भारतको नयाँ दिल्लीतर्फ लगेका थिए। ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिने अड्कलबाजी गरिए पनि बिमान नयाँ दिल्लीबाट दुवईतर्फ लागेको छ।
९ः५८ बजे नेपालबाट भारत छिरेको बिमान १०ः३० बजे नयाँ दिल्लीबाट दुवई तर्फ उडेको छ। विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...