अर्थमन्त्री महत उपस्थित नभएपछि एमालेद्वारा राष्ट्रिय सभा बैठक अबरुद्ध – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अर्थमन्त्री महत उपस्थित नभएपछि एमालेद्वारा राष्ट्रिय सभा बैठक अबरुद्ध

 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय सभामा एक जरुरी सार्वजनिक महत्वको प्रस्तावको विषयमा छलफल हुने कार्यसूची रहेको थाहा पाउँदा पाउँदै उपस्थित नभएको भन्दै नेकपा एमालेका सांसदहरुले उठेर बिरोध गरेपछि बैठक अबरुद्ध भएको छ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता देवेन्द्र दाहालले अर्थ मन्त्रालयसँग सम्वन्धित जरुरी सार्वजनिक महत्वको विषयमा सदनमा छलफल चलिरहँदा अर्थमन्त्री अनुपस्थित भएको भन्दै छलफल अघि नबढाउन आग्रह गरेका थिए। अध्यक्षले बसेर सदन संचालन गर्न आग्रह गर्दा समेत नमानेपछि बैठक १४ मिनेटका लागि स्थगित गरिएको छ।

राष्ट्रिय सभार्की सांसद मदनकुमारी शाह ‘गरिमा’ प्रस्ताव र अन्य दलका आठ जना सांसद समर्थक रहेको ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न’ जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल चलिरहँदा अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि एमाले सांसदले उठेर विरोध जनाएका हुन्।

राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्रीले सदनलाई जानकारी दिएर नै केही समय ढिलो हुने वताएको भन्दै मन्त्रिपरिषदका अन्य सदस्य उपस्थिति भएपछि हुने भन्दै बस्न आग्रह गरेका थिए ।

एमाले संसदीय दलका नेता दाहालले अर्थमन्त्री नभएसम्म सदनको कारबाही अघि बढाइए सो प्रस्तावको समर्थक बसेका एमालेका सांसदहरुले भाग नलिने बताएका थिए।

सभाका अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री आउन केही समय ढिलाइ हुने जानकारी प्राप्त भएको बताए पनि एमाले सांसदहरुले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख १३, १३: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख १३, १३: ५९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख १३, १३: ५९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...