
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएको भन्दै एमालेद्वारा अबरुद्ध राष्ट्रिय सभाको बुधबारको बैठक करिव २० मिनेटमै सुचारु भएको छ।
एक जरुरी सार्वजनिक महत्वको प्रस्तावको विषयमा छलफल भइरहँदा नेकपा एमालेका सांसदहरुले अर्थमन्त्री सदनमा उपस्थित नभएसम्म बैठकको कारबाही अघि बढाउन नहुने भन्दै उभिएर बिरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १४ मिनेटको लागि स्थगित गरेका थिए।
करिव २० मिनेटमा अर्थमन्त्री डा. प्रकाशशरण महत उपस्थित भएपछि बैठक सुचारु भएको हो। अर्थमन्त्री आउनुअघि सदनमा परराष्ट्रमन्त्री एनपी साउद, कृषिमन्त्री डा. बेदुराम भुषाल र शहरी विकासमन्त्री सीता गुरुङ उपस्थित भएपछि एमाले सांसदले अर्थमन्त्री नै उपस्थित हुनु पनेए जनाएका थिए।
अहिले जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थक अनिता देवकोटा, खिमलाल देवकोटा र जयन्ती राई धारणा राखिसकेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...