
काठमाडौं । राष्ट्रिय सभाका सांसद डा.खिमलाल देवकोटाले देशको वर्तमान आर्थिक अवस्था चिन्ताजनक रहेको भन्दै त्यसको सुधार गर्न घुस्याहा नेता र घुस्याहा कर्मचारी तथा बिचौलिया र दलालले बोरामा लुकाएर राखेका पैखा खोज्नु पर्ने माग गरेका छन्।
राष्ट्रिय सभामा सांसद मदनकुमारी शाह ‘गरिमा’ले पेश गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने’ जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै सांसद डा. देवकोटाले देशमा सुशासन कायम हुन नसक्दा आर्थिक अवस्था जर्जर हुन लागेको बताए।
सांसद डा.देवकोटाले एक हजार र पाँच सय रुपैयाँको नोट छाप्न बन्द गर्न माग गर्दै जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग गरिने सामान आयात गर्नु पर्ने अवस्थाले व्यापार घाटा बृद्धि भएको जनाए।
स्वतन्त्र सांसद उनले आयात र रेमिट्यान्सको भरमा देशले साधारण खर्च धान्न खोजेर आर्थिक चुनौतिलाई सामना गर्न नसकिने बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...