घरको सटरभित्र राखिएको बालाजुको कोतःधुकु पेट्रोल पम्प महानगरद्वारा सिल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

घरको सटरभित्र राखिएको बालाजुको कोतःधुकु पेट्रोल पम्प महानगरद्वारा सिल

काठमाडौं। काठमाडौं महानगरपालिकाले बालाजु चोकि नजि रहेको कोतः धुकु पेट्रोल पम्पमा सिल गरेको छ।

महानगरको नगर प्रहरीले बिहीबार बालाजुचोक नजिकै रहेको कोतः धुकु पेट्रोल पम्प सिल गरेको हो। मापदण्डविपरित घरको सटरभित्र पेट्रोल पम्प सञ्चालन गरिरहेको पाईएपछि महानगरले पेट्रोल पम्पमा सिल गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो। जसमा कोतःधुकु आयल स्टोरबारे मापदण्ड पुरा भए नभएको विषयमा तीन वटा जिज्ञासा राखेको थियो।

महानगरपालिकाले निगमलाई पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा के हो ? भनेर गम्भीर चासो राख्दा मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन सहयोग गर्ने बताएपछि विहीबार महानगर प्रहरीले सो पेट्रोल पम्प सिल गरेको हो।

मापदण्ड विपरितका पेट्रोल पम्प संचालन हुन नदिन नेपाल आयल निगमले निर्देशन दिन सक्ने अधिकार भएपनि निगमको नेतृत्व असक्षम भएपछि महानगरले नै यस्तो कदम चाल्नु परेको स्थानीय बताउँछन्। घर मुनीको सटरमा नै पेट्रोल पम्प संचालन गर्दा असुरक्षा बढेको भन्दै स्थानीयले महानगरमा उजुरी दिएका थिए।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख १४, १८: १९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० बैशाख १४, १८: १९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०८० बैशाख १४, १८: १९

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...