प्रहरीको खोजीमा रहेका एमाले सांसद कोइरीले अस्वस्थ रहेको पत्र संसदलाई पठाए – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रहरीको खोजीमा रहेका एमाले सांसद कोइरीले अस्वस्थ रहेको पत्र संसदलाई पठाए

काठमाडौं । महोत्तरी क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन्।

संसद सचिवालयले प्रतिनिधि सभाको बैठकमा बिना सूचना लगातार १० वटा बैठकसम्म अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था भएपछि व्यक्ति हत्याको मुद्धामा प्रहरीको सर्वाधिक खोजिमा रहेकाकोइरीले संसद सचिवालयलाई यस्तो पत्र लेखेका हुन्।

महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन्। संसद सचिवालयकाअनुसार कोइरीले दुई पटक पत्र पठाएका छन्। माघ २५ गतेदेखि अस्वस्थ भइ उपस्थित हुन नसकेको र सुधार भएपछि उपस्थित हुन्छु भनेर उनले पत्र पठाएको संसद सचिवालयले जनाएको छ।

२०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक मधेश आन्दोलनका प्रदर्शनकारीको आक्रमणबाट घाईते भएपछि उपचारको लागि जलेश्वरबाट जनकपुरतर्फ एम्बुलेन्समा लैजादै गर्दा बीचबाटोमा निकालेर निमर्म तवरले हत्या गरिएको थियो । सोही घटनाको एकजना अभियुक्त कोइरी भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख १४, १८: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख १४, १८: २१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख १४, १८: २१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...