राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने मुडमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने मुडमा

काठमाडौं । बैशाख १० गते भएको उपनिर्वाचनमा २ स्थान जितेर प्रतिनिधि सभामा २१ सदस्य बनाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ।

उपनिर्वाचनमा बिजय भएपछि आज संघीय संसद सचिवालयमा आयोजित सपथ कार्यक्रमपछि संचारकर्मीसँग बोल्दै चितवन क्षेत्र नम्वर २बाट पुनः निर्वाचित पार्टी सभापति समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई टेलिफोन गरेर सरकारमा आउन आग्रह गरे पनि तत्काल त्यो सम्भव नभएको बताएका हुन्।

उनले भने ‘म निर्वाचित भएकोमा बधाई दिन प्रधानमन्त्रीले फोन गर्नु भएको थियो तर सरकारबारे धेरै कुरा भएन,’ लामिछानेले भने ।

यद्यपि उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्रीले चासो रोखेको बताए। उनले भने, ‘समर्थन फिर्ता लिने भन्ने सुनेको थिएँ, के हो भनेर प्रधानमन्त्रीले चासो राख्नुभयो ।’

मंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले सरकारलाई दिएको समर्थन कायमराख्नुको औचित्य नभएको बताएका थिए ।

संचारकर्मीसँग लामिछानेले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे छलफल गरेर निचोडमा पुग्ने बताए । ‘यथास्थितिमा सरकारमा जाने भन्ने कुरा हामीले सोचेको कुरा होइन,’ लामिछानेले भने, ‘धेरै कुरा मिल्नुपर्छ’, उनले भने।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख १५, १३: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख १५, १३: २०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख १५, १३: २०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...