
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विहीबार नियुक्त भएका नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शुक्रबार शपथ लिएका छन्।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई विहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए।
पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र उम्मेदवार बनी सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङ्गे)को समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको हो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...