प्रेमि चिकित्सक ढकालले विवाह अश्वीकार गरेपछि नर्स अनुमानले गरिन आत्महत्या – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रेमि चिकित्सक ढकालले विवाह अश्वीकार गरेपछि नर्स अनुमानले गरिन आत्महत्या

काठमाडौं । विवाह गर्न अस्वीकार गरेको भन्दै बीर अस्पतालमा कार्यरत एक एक नर्सले प्रेमी डा. सुजन ढकालको घर गएर आत्महत्या गरेकी छन्।

लामो समयदेखि प्रेममा रहेका चिकित्सक ढकालको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय अनुमा श्रेष्ठले शनिवार ढकालको घर बोहोराटार बालाजुमा गएर आत्महत्या गरेकी हुन्।

प्रहरी वृत्त बालाजुका अनुसार अनुमा श्रेष्ठ प्रेमी ढकालको बोहोराटारस्थित घरमा शनिबार अपराह्न ३ः५२ बजे गएर आत्महत्या गरेको सुजनका परिवारले प्रहरीलाई जनाएको थियो। नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको थियो।

मृतक अनुमा श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी सुजन ढकाल र उनका बुवाले विवाह गर्न अस्वीकार गरेपछि शनिवार दिउँसो प्रेमीकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी थिइन् ।

पेशाले अनुमा स्टाफ नर्स हुन् भने उनका प्रेमी भनिएका सुजन ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कोशी अस्पतालमा काम गर्थे।

आत्महत्या गरेकी श्रेष्ठ डिप्रेसनबाट पीडित रहेको वीर अस्पतालका सहकर्मीहरुले जनाएका छन्। केही महिनाअगाडि विष सेवन गरेकी अनुमाको टिचिङ अस्पतालमा उपचार भएको थियो। केही दिन आईसीयूमा उपचारपछि उनी ठीक भएकी थिइन्।

शनिबार दिउँसो अनुमा ढकालको घर जाँदा घरमा सुजनका बुबाआमा र भाइ थिए। सुजन भने काठमाडौंबाहिर रहेको अवस्थामा कोठाभित्र चुकुल लगाएर झुण्डिएको अवस्थामा अनुमानको शव भेटिएको थियो। उनको साथबाट एउटा डायरी भेटिएको र त्यसमा जीवन भोगाइहरु लेखेकी छन्।

प्रहरी स्रोतका अनुसार डायरीमा आत्महत्या गर्ने मनसाय उल्लेख नगरे पनि सुजनले विवाह गर्न नमानेका कारण आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आत्महत्या गर्नुअघि प्रेमीसँगको तस्बिर फेसबुकमा पोष्ट गरेकी छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख १७, १५: ०२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख १७, १५: ०२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख १७, १५: ०२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...