
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाईमा कानुन व्यवसायीहरुले आइतबारदेखि विरोध प्रदर्शन गरेका छन्। नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यालय परिसरमा भइरहेको प्रदर्शन एक हप्तासम्म गरिने भएको छ।
प्र्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग राखी यसअघि बारले प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुको पनि ध्यानाकर्षण गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएर प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने बताए पनि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको असहयोगका कारण हुन सकेको थिएन।
तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ। नेपाल बार एशोसिएसनको केन्द्रीय समिति र विभिन्न अदालतको बार इकाइहरुले पनि प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै धर्ना र आन्दोलन गरेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...