
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौंको ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाल सरकारका सचिव टेक नारायण पाण्डेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
उपराष्ट्रपतिको कार्यालयको सचिवमा पदाधिकार पाण्डेलाई बुधबार प्रहरीले पक्राउ पूर्जी जारी गरेर गिरफ्थता गरेको थियो। अदालतको अनुमतिपछि पाण्डेलाई प्रहरीले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।
त्कालीन गृहसचिव हुँदा पाण्डे यो प्रकरणमा संलग्न भएको यसअघि पक्राउ परेकाहरुले बयान दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो। सचिव पाण्डेमाथि आजैदेखि बयान लिने प्रहरीको तयारी छ।
पाण्डे गृहसचिव रहेको समयमा आर्थिक लाभ लिएर नक्कली शरणार्थी बनाई अमेरिका पठाउने धन्दामा सघाएको आरोपमा पक्राउ परेका हुन्। उनी बालकृष्ण खाण गृहमन्त्री रहेको समयमा गृहसचिव थिए।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई मंगलबार पक्राउ परेका थिए । पूर्वमन्त्री एवम एमालेका सचिव प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीका साथै पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
प्रहरीले भुटानी शरणार्थी बनाई दिने भन्दै रकम असुलीमा तत्कालिन गृहमन्त्रीका छोरा प्रतिक र सल्लाहकार इन्द्रजीत राई सर्वसाधरणलाई ठगी गरिरहेको थाहा पाउँदा समेत संरक्षण दिन भूमिका खेलका तत्कालिन गृहसचिव महेश्वर न्यौपाने, तत्कालिन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध भने प्रक्राउ पूर्जी जारी गरेको छैन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...