राष्ट्रपतिद्वारा कांग्रेसका तीन सांसद गुरुङ, बस्नेत र लिम्बुलाई मन्त्री नियुक्त – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राष्ट्रपतिद्वारा कांग्रेसका तीन सांसद गुरुङ, बस्नेत र लिम्बुलाई मन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नेपाली कांग्रेसका तीन सांसदलाई मन्त्रीमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले बुधबार कांग्रेस उपसभापति समेत रहेका धनराज गुरुङलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा, केन्द्रीय सदस्य समेत रहेका मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा र मोरङ क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा पाँच जनालाई मन्त्री मन्त्रिपरिषद्मा राखिएको थियो। योसँगै दाहाल नेतृत्वको सरकारमा कांग्रेसका आठ मन्त्री हुने भएका छन्। प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन। कांग्रेसको भागमा आठ मन्त्रालय पर्ने सहमति भए पनि शेखर कोइराला समूहलाई तीन मन्त्री नदिएपछि मन्त्रिपरिषद् बिस्तारमा ढिलाई भएको थियो।

आज मन्त्रिपरिषद्मा अटाएका बस्नेत पार्टी सभापति देउवा निकटका हुन् भने गुरुङ र लिम्बु कोइराला निकटका सांसद हुन्। प्रधानमन्त्री दाहालले अझै दुई वटा मन्त्रालय आफूसँगै राखेका छन्। उनले खानेपानी र बन तथा वातावरण मन्त्रालय आफ्नो भागमा राखेका छन्। बन जसपाको भागमा र खानेपानी जनतमतको भागमा छुट्याइएको मन्त्रालय हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख २०, १७: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख २०, १७: १८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० बैशाख २०, १७: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...