एमाले सचिव रायमाझीलाई काठमाडौंमा पक्राउ पुर्जी, अर्घाखाँचीमा विशेष अतिथि – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमाले सचिव रायमाझीलाई काठमाडौंमा पक्राउ पुर्जी, अर्घाखाँचीमा विशेष अतिथि

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै नेपालीलाई ठगी गरेको अभियोगमा मुछिएपछि काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी गरिरहँदा उनी भने अर्घाखाँचीको एउटा कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका छन्।

आफू निर्वाचित जिल्ला अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर उनी सहभागी भएका थिए। हिरक महोत्वसको प्रमुख अतिथि भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे थिए।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि टोपबहादुर र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ। सन्दीपले एक करोड रुपैयाँको चेक लिएको प्रमाण प्रहरीले फेला पारेका थियो।

रायमाझी यो कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भइसकेको थियो। तर उनले कार्यक्रममा यसबारे कुनै प्रतिक्रिया दिएनन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख २०, १८: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख २०, १८: ३१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० बैशाख २०, १८: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...