नक्कली भुटानी शरणार्थी प्रकरणमा एक सय ६ले दिए २३ करोड ठगिएको उजुरी – Naya Bikalpa
April 19, 2024, Friday

नक्कली भुटानी शरणार्थी प्रकरणमा एक सय ६ले दिए २३ करोड ठगिएको उजुरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा हालसम्म एक सय ६ जना पीडितले २३ करोड ठगिएको उजुरी प्रहरीसमक्ष दिएका छन्।

यो प्रकरणमा प्रहरीले आलसम्म नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ।

विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरुले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको उजुरी दिएका छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भन्दै सगठित गिरोहले २०७७ सालदेखि रकम उठाउने अभियान चालेको थियो। आफू गठिएको भन्दै गत जेठमा अपराध अनुसन्धान कार्यालयमा पहिलो पटक उजुरी परेको थियो। घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए।

प्रहरीले केही दिन पछि सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुको बयानका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले गृहका उच्च अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो।

सो प्रकरणमा प्रहरीले वैशाख १९ गते मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको थियो। प्रहरीले वैशख २० गते भने तत्कालीन गृहसचिव हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवम् नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट प्रहरीले सन्दीप रायामार्झीको नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ। प्रहरीले अहिले पनि सचिव रायमाझी र डा. राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ । नीरजले काठमाडौँका विभिन्न होटलमा पुगेर करोडौँ रकम बुझेको प्रहरी स्रोतको भनाइ छ।

संगठित ठगी गिरोहले आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए। उनीहरुले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख असुलेका थिए। गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाएका थिए।

पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ।

सम्बन्धित समाचार

निजी कम्पनीले कब्जा गरेको जग्गामा प्रशासन गर्यो सिल
निजी कम्पनीले कब्जा गरेको जग्गामा प्रशासन गर्यो सिल
  • २०८० बैशाख २१, १६: २७

काठमाडौं । लिजमा लगेर निजी कम्पनीले भोगचलन गरिरहेको लैनचौरस्थित जमिनमा बनेका संरचनामा जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । उपप्रधान...

मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
  • २०८० बैशाख २१, १६: २७

  कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेशका पाँचजना प्रदेश सभा सदस्यहरुले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
  • २०८० बैशाख २१, १६: २७

कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्। सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक...