आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएकालाई पक्राउ नगरेपछि पूर्व–पश्चिम राजमार्ग बन्द – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएकालाई पक्राउ नगरेपछि पूर्व–पश्चिम राजमार्ग बन्द

भरतपुर । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको भन्दै व्यवसायीहरूले चितवनस्थित पूर्व–पश्चिम राजमार्ग बन्द गरेर प्रदेर्शन गरेका छन्।

उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका सञ्चालक प्रदिप रूङ्गटा र कम्पनीका चार्टर अकाउन्ट जीवन रावललाई पक्राउ गर्न माग राखेर प्रदर्शन गरेका हुन्।

कांग्रेस चितवनका पूर्वकोषाध्यक्षसमेत रहेका कँडेललाई आत्महत्या गर्न वाध्य पारिएको नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिका सदस्यहरु समेत आन्दोलनमा उत्रिएका छन्। कांग्रेस कार्यकर्ता तथा कँडेलका समर्थकहरूले पूर्वपश्चिम राजमार्गको चौबिस कोठीमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन्।

अनमोल फिड्सका कार्यकारी निर्देशक कँडेलले रूङ्गटा र रावलले तनाव दिएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए। ठूला व्यापारी र व्यवसायीप्रति नरम व्यवहार मात्र होइन, उनीहरुलाई जोगाउन स्थानीय प्रहरी प्रशासनले छानबिन समेत गर्न नमानेको भन्दै व्यवसायी र सर्वसाधरण आन्दोलनमा उत्रिएका हुन्।

मंगलबार आफ्नै कार्यालयको कार्यकक्षमा कँडेलले पहेँलो डोरीमा छुण्डिएर आत्महत्या गरेका थिए। उनले आत्महत्यासँगै आठ पेज लामो सुसाईड नोट पनि लेखेका छन्।

भर्खरै अनमोल फिड्सको अधिकांस शेयर खरिद गरेका कार्यकारी निर्देशक रुङ्गटा र चार्टर एकाउन्टेन्ट जीवन रावलले विक्री गरेका शेयर धनीलाई रकम नदिएर अनेकौं झमेला र दुख दिएको कुरा सुसाईड नोटमा उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख २१, १६: ५१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख २१, १६: ५१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख २१, १६: ५१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...