
काठमाडौं । नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायामाझीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर रायामाझी बाटोमै समाउनु पर्ने मान्छे नभएको बताएका छन्।
गृह जिल्ला अर्घाखाँचीबाट भैरहवा हुँदै एमाले सचिव रायामाझी काठमाडौं आउने तयारी गरिरहँदा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग बिहीबार प्रधानमन्त्री कार्यालयमा दिउँसो भेटेर रायामाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा बाटोमा हिँड्दा हिँड्दै समाउनु पर्ने मान्छे नभएको बताएका हुन्।
प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै ओलीले अहिले ४ वर्षअघि चेक काटेको र उक्त चेक जसले काटेको उसैसँग रहेको जस्ता घटना सार्वजनिक भएको अवस्थामा एमाले सचिव रायामाझीलाई षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएकोले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन्।
‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको‘ रहस्यपूर्ण छ’, ओलील्े भने, ‘अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन।’
ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेको र पक्राउ पुर्जीबारे आईजी (प्रहरी महानिरीक्षक)सँग रायामाझीले कुरा गर्दा ‘त्यस्तो होइन’ भन्ने प्रतिक्रिया आएको बताए।
ओलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको घटनामा ‘निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन, दोषी उम्काउन हाम्रो प्रयास हुदैन, निर्दोष फसाउन खोजियो भने हामी सहदैनौं’ भन्ने प्रतिक्रिया दिए।
उनले अहिले एमाले नेताहरु यसमा तानिएको हो वा तनाएको हो भन्नेबारे अध्ययन भइरहेको पनि बताए। ‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौं । अध्ययन गरेपछि हामी बोल्छौं’ ओलीले भने ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...