
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि खारेज नगर्न अन्तरिम आदेश दिएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नको लागि दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनीमाथिको आरोप छानबिन नै नगरी सांसद र पार्टी सदस्यबाट निष्कान गरेको थियो। संविधान र प्रतिनिधिसभा नियमावली अनुसार उनीमाथिको कारबाही नदेखिएको भन्दै सर्वोच्चले उनको सांसद पद सुरक्षीत रहने आदेश दिएको हो।
पार्टीले संसद र पार्टी सदस्यबाट समेत निष्कासन गरेपछि श्रेष्ठले आफूमाथिको कारबाही गैरकानुनी भएको दाबीसहित रिट दिएका थिए।
सोमबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वन नगर्न आदेश दिएको हो। अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश भएको छ।
रास्वपाको केन्द्रीय समितिको निर्णय बमोजिम भनेर सो पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको लिखित जानकारी सभामुख देवराज घिमिरेलाई दिएपछि उनले श्रेष्ठ पदमुक्त भएको सूचना जारी गरेका थिए।
ढाकाकुमारलाई रास्वपाले सोधपुछ, छानबिन नगरी र सफाईको मौका समेत नदिई पार्टी सदस्यता र सांसद पदबाट हटाउने निर्णय गरेको थियो । उनलाई हटाउन संसदीय दलले ह्वीप उल्लङ्घन गरेको वा पार्टीले अनुशासन उल्लङ्घन गरेको आरोप पुष्टि गरेको थिएन।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...