
काठमाडौं । राष्ट्रिय सभामा सत्तारुढ नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले आईतबार सदन समक्ष प्रयोग गरेको शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन आदेश दिइएको छ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद रायामाझीले आइतबार बोलेका केही शब्द असंसदीय रहेको भन्दै विपक्षी दल नेकपा एमालेका सदस्य भैरवसुन्दर श्रेष्ठले सोमबारको बैठकमा ध्यानाकर्षण गराएको भन्दै त्यस्ता असंसदीय शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका हुन्।
कांग्रेस सांसद रायामाझीले प्रतिनिधि सभाका सदस्य तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी बुटबलबाट काठमाडौं आउनेक्रममा सम्पर्कविहिन भएको भन्दै उनको खोजि गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सांसद रमेशजंग रायामाझीेले व्यक्त गरेका असंसदीय शब्द हटाउन निर्देशन दिएपछि मंगलबारको बैठकमा रायामाझीले आफ्नो बन्धु भएको नाताले सांसद टोपबहादुर रायामाझीको खोजि गर्न आफूले बढी चासो र चिन्ता लिएको बताए ।
सो विषयमा थप स्पष्ट पार्दै सांसद रायामाझीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार र उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली माया मात्र गरेको बताए।
अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभामा बोल्दा नियमावली अनुसार शिष्ट र मर्यादित शब्दहरुको प्रयोग गर्नसमेत आग्रह गरेका छन्।
‘एउटा माननीय देशलाई सूचना नदिइ, काठमाडौं आउँदै गर्दा न देशभित्र न देश बाहिर कहाँ गएको भन्ने जानकारी नभएको हुँदा मैले खोजी गरेको हुँ’, रायामाझीले सदनमा भने, ‘टोपबहादुर रायामाझी उहाँहरुले झड्केलो नभएर आफ्नै सन्तान रहेछन्।’
के हटाइयो रेकर्डबाट
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बैशाख २४ गते आइतबार सांसद रमेशजंग रायामाझीले बोल्ने क्रममा ‘उहाँको झड्केला छोरो हो, टोपबहादुर रायामाझी’ भन्ने शब्द संसदीय रेकर्डबाट हटाउन लगाएका हुन्।
के भनेका थिए सांसद रमेशजंग रायामाझीले?
आइतबारको राष्ट्रिय सभाको बैठकमा नवनियुक्त मन्त्रिपरिषद् सदस्यलाई शुभकामना सन्देश दिने क्रममा कांग्रेस सांसद रमेशजंग रायामाझीले ‘नक्कली भुटानी शरणार्थी ठगी प्रकरणले नेपाल र नेपालीको शीर निहुरिएको छ। भुटानी शरणार्थीको नाममा सबै नेपालीको बेइज्जत गर्ने पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री वा मेरै पार्टीको सभापति किन नहोस, यदि कसैको संलग्नता रहेछ भने कारबाही गर्न खट्टा कमाउन हुँदैन’ भनेका थिए ।
उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई सुझाव दिँदै यो व्यवस्था जोगाउने कि नजोगाउने भन्ने निर्णय तपाईंहरुको हातमा छ भन्दै शरणार्थीको नाममा अर्बैं रकम असुल गर्ने जालि, फटाहा जुनसुकै पार्टीको भए पनि कारबाही गर्न खुट्टा कमाएको खण्डमा नेता र व्यवस्था सबै धरापमा पर्ने चेतावनी दिए।
उनले सरकारले कुरा गर्न खोज्दा कहिल्यै नभेटिने प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली पार्टी सचिव टोपबहादुर रायामाझीलाई भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी हुनासाथ प्रधानमन्त्रीलाई २ –२ पटक आफै जानुले संकेत राम्रो नदेखाएको भन्दै टोपबहादुर रायामाझी माओबादीबाट भर्खरै एमाले भएकाले उनी ओलीको झड्केलो छोरा भएको टिप्पणी गरे । उनले ओलीले टोपबहादुरलाई साँच्चिकै माया नगरको दाबी गरे ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...