नक्कली भुटानी शरणार्थी प्रकरणमा मोरङ र टोखाबाट थप दुईजना पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नक्कली भुटानी शरणार्थी प्रकरणमा मोरङ र टोखाबाट थप दुईजना पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएर ठगी गर्ने प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौं टोखाका रामशरण केसीलाई र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरेको हो।

यसअघि पक्राउ परेकाहरूले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यो सँगै नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ पर्नेको संख्या दश पुगेको छ।

पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका सहयोगी केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र नेकपा (एमाले) का सचिव एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

टोपबहादुर रायामाझी फरार भएपछि प्रहरीले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरको टोलीले सातदोबाटोस्थित उनको घरमा खानतलासी गरेको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख २६, १९: ४४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख २६, १९: ४४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० बैशाख २६, १९: ४४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...