
काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी लारी गरेको १० दिनपछि पक्राउ परेका छन्।
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी गृह जिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल फर्किएसँगै त्यही रातबाट फरार थिए।
उनलाई नेपाल प्रहरीको विशेष व्युरोले आइतबार साँझ बुढानिलकण्ठस्थित पासिकोटमा एक व्यक्तिको घरबाट पक्राउ गरिएको हो।
रायामाझीका छोरा सन्दीपलाई भने प्रहरीले वैशाख २० गते नै भैरहवाबाट पक्राउ गरेको थियो। छोरा सन्दिप पक्राउ परेको खबर सुनेपछि सो साँझ भैरहवाबाट काठमाडौंको लागि हवाई टिकट लिएका टोपबहादुर फरार भएका थिए।
प्रहरीले उनलाई शनिबार साँझ पक्राउ परेको दाबी गरे पनि उनी प्रहरीको सम्पर्कमा आएर गिरफ्तारी दिएको स्रोतले जनायो। २१ गते विहान काठमाडौं छिरेका रायामाझीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षीत राखेका थिए ।
त्यही दिन साँझ उनलाई एमाले नेता इश्वर पोखरेलको सल्लाह बमोजिम बुढानिलकण्ठको एक घरमा गुप्तवासको व्यवस्था गरिएको थियो।
प्रहरीले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री वालकृष्ण खाँणसहितका नक्कली शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका सबैलाई चार दिन हिरासतमा राखेर अनुसन्धान तहकिकात गर्न जिल्ला अदालतबाट अनुमति पाएको सूचना थाहा पाएपछि रायमाझी प्रहरीलाई गिरफ्तारी दिने मनस्थितिमा पुगेको स्रोतले बतायो।
एमाले नेता रायामाझीसहितलाई प्रहरीले पक्राउ परेका खाँणलाई म्याद नथपी छाडिने आशंका गरेका थिए। तर प्रहरीले पूर्वगृहमन्त्री खाँणसहितलाई ४ दिन अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको थाहा पाएपछि रायामाझीले गुप्तवासबाट प्रहरी हिरासतमा जाने योजना बनाएका थिए ।
ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप लागेका रायामाझीको सहयोगमा नेपाली नागरिकलाई नक्करी शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन्।
बैशाख २० गते साँझ गृह जिल्लाकै प्रहरी प्रमुख महानिरिक्षक बसन्त कुँवरसँग रायामाझीले आफूलाई पक्राउ पूर्जी जारी भएको विषयमा जिज्ञासा राख्दा आफजवाफमा कुँवरले ‘आफूलाई त्यसबारे थाहा नभएको बताउँदै सम्बन्धित प्रहरी परिसरका प्रमुख वा त्यहाँका अधिकृतसँग सम्पर्क राख्न’ भनेका थिए ।
प्रहरीको अनुसन्धानमा सहयोग गर्न आफैं काठमाडौं आउँछु भनेका टोपबहादुर काठमाडौं आएको बलियो प्रमाण प्रहरीले थाहा पाएन। उनको प्रदेश ३–०१–०२२ च–०५८२ नम्बरको गाडी लिएर चालक मात्र वैशाख २१ गते काठमाडौं आएपछि मात्र प्रहरीले रायामाझी फरार भएको थाहा पाएको थियो।
प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित सो प्रकरणमा मुछिएका सबैलाई ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरी ४ दिनपछि सरकारी वकिलको कार्यालयमा बुझाउने योजना बनाएको छ ।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका सहयोगी केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...