आरजु राणाले भनिन्, ‘फेक न्युज’ र ‘फेक मिडिया’ले मेरो चरित्रमाथि बलात्कार गर्यो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक्रिया

आरजु राणाले भनिन्, ‘फेक न्युज’ र ‘फेक मिडिया’ले मेरो चरित्रमाथि बलात्कार गर्यो

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा.आरजु राणाले ‘फेक न्युज’ र ‘फेक मिडिया’को पराकाष्टाले आफ्नो चरित्रमाथि बलात्कार गरेको बताएकी छन्।

प्रतिनिधि सभाको सोमबार भएको बैठकमा विशेष समय लिएर बोल्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नी राणाले महिलाहरुलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेकोसमेत बताएकी छिन्।

नेपाली कांग्रेसकी समानुपातिक सांसद डा. राणाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आफ्नो चरित्रहत्या मात्र नभई आफ्नो चरित्रमाथि नै बलात्कार भएको टिप्पणी गरेकी हुन्।

उनले आफू सो प्रकरणमा सामेल भएको भन्दै वाहिर आएको अडियो झुटो रहेको दाबी गर्दै प्रहरीले छानबिनमा तदारुकता नदेखाएको दाबी गरिन्।

उनले भनिन्,‘‘हाम्रो देशमा फेक न्युज र फेक मिडियाको परकाष्टै पुगिसकेको रहेछ। मैले ६ दिन अगाडि शरणार्थी प्रकरणमा इनभल्भ भनेर बनाइएको फेक अडिओ फोरेन्सिक टेस्टको लागि सीआईबी र साइबर क्राइम सेलमा दिएको थिएँ। त्यो दर्ता गर्न प्रहरीले मानिएको थिएन।’

सांसद राणाले आफू सत्तापक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर कसैले नपत्याए पनि तीन घण्टासम्म दर्ता नगराइ अलमल किन गरिएको भनी गृहमन्त्रीसँग प्रश्न गरेकी थिइन्।

उनले अडियोमा अरुको नामपनि जोडिएपनि मेरो नाममात्र किन उच्चरण हुन्छ भनेर प्रश्न गरिन । उनले आफ्नो चरित्र हत्यामात्र नभई चरित्रमाथि नै बलात्कार गरिएको टिप्पणी गरिन् ।

सांसद राणाले भनिन्, ‘मलाई साँच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्टर असासिनेसन होइन, दिस इज रेप अफ माई क्यारेक्टर। र यो चैँ म एकदम कडाइका साथ भन्छु वुमनलाई पोलिटिक्समा आउँदाखेरि सबै कुरा हामीले ब्यहोर्न सक्नु पर्छ। म ब्यहोरी रहेकी छु। योभन्दा अगाडि पनि धेरै महिलालाई सुसाइट गर्नलाई फोर्स गरिएको छ मिडियाले । म चैँ त्यो भिक्टिम हुने महिला होइन । बट दिस इज अ रेप अफ माई क्यारेक्टर।’

डा.आरजुले आफूले फेक अडियोको विषयमा निवेदन दिएको ६ दिन नाघिसक्दा पनि प्रहरीले त्यसको यथार्थ सार्वजनिक नगरेको भन्दै यो दुःखद घटना भएको बताईन। उनले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराध भएको भन्दै सो प्रकरणका दोषीलाई कारबाही गर्न पनि माग गरेकी छिन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ १, १६: २८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ १, १६: २८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ १, १६: २८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...